काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरे ।
अब सन नेपाल लाइफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताए ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरयसअनुसार) अठार करोड पचास लाख रुपैयाँ (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९ प्रतिशतको बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७१ रहेको छ ।
२०७५ पौष ११ गते प्रकाशित
वि.सं.२०७५ पुस ११ बुधवार १०:२३ मा प्रकाशित