back
NMB ad

छ लेन सडक छिटो सम्पन्न गर्न मुख्यमन्त्री राईको निर्देशन

Kumari bank ad

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जोगवनी रानीदेखि धरानसम्म निर्माण भइरहेको छ लेन सडक समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको सडक सम्बन्धि सरोकारवालाहरुसँगको बैठकमा मुख्यमन्त्री राईले छ लेन सडक लगायत विराटनगर महानगरपालिका मुख्य तथा भित्री सडक समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको । सडक निर्माणमा देखा परेका समस्याको पहिचान र निराकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

विराटनगर हाल प्रदेशको अस्थायी राजधानी रहेको र यस क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुनको आगमन चाप दिनप्रतिदिन वृद्धि हुदै गइरहेकोले यस शहरको शुन्दरता कायम राख्न तथा सवारी साधानको चाप कम गर्न भित्री सडकको निर्माण सम्पन्न गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका मुख्यमन्त्री राईले आगामी हप्ता हुने राष्ट्रपतिको विराटनगर भ्रमण, प्रदेश मन्त्रालयको दैनिक हुने कार्यक्रम, फागुन महिनामा हुने साफ महिला फूटवलमा पाहुनाहरुको आगामन वृद्धि हुने भएकाले सडक निर्माणमा रहेका वाधा अवरोध हटाइ समयमै निर्माण गर्नुपर्ने निर्देशन दिनुभयो ।

मुख्यमन्त्री राईले सडक, विद्युत, टेलिकम, खानेपानी लगायतका कार्यालयवीच आवश्यक समन्वय गरी सडक निर्माणलाई द्रुत गतिमा अगाडि बढाउनु सम्बन्धित पक्षलाई जोड दिनुभयो । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सम्बन्धित कार्यालयका सचिव, विराटनगर, दुहबी र इटहरी स्थानीय तहका प्रमुख, सडक आयोजनाका प्रमुख, सडक, विद्युत, टेलिकमका प्रमुख, सडक आयोजना जिम्मा लिएका निर्माण व्यवसायी लगायतको उपस्थिति थियो ।

२०७५ पौष १२ गते प्रकाशित

वि.सं.२०७५ पुस १२ बिहीवार ०९:५८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...