back
NMB ad

श्रमजीवि जनताको वृतिविकास र आर्थिक स्थिती सुधार गर्नका लागि सरकार सधैं सकारात्मक रहने : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालमा अब कोही पनि गरिब नहुने बताउनुभएको छ । संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।नेपालमा श्रमजीवि जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृतिविकास र आर्थिक स्थिती सुधार गर्नका लागि सधैं सकारात्मक रहने प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।”

प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबोट रोक्ने नभइ गरिबलाई धनी बनाउने बताउनुभएको छ । “सामाजिक समानताका आधारमा गरिवलाई पनि खान लाउन र दैनिक जीवन सहजले धान्न पुग्ने गरीएका कार्यक्रमहरु ल्याउछौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । तर हामी त्यो अवस्थामा पुग्छौं ।”
प्रधानमन्त्री ओलीले शितलहरबाट तराईमा हुने मृत्यूलाई रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । “शितलहरबाट जोगाउनका लागि सुरक्षा निकाय,स्थानीय तह प्रशासन,निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ ”प्रधानमन्त्री ओलीले भन्नुभयो “यस बर्ष देखि जाडोले कठ्यांग्रिएर कसैले मर्नु पर्दैन ।”

प्रधानमन्त्री ओलीले सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई त्रसित पार्न खोजेको बताउनुभएको छ । आधा शताब्दी भन्दा लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न सचेत गराउनुभएको छ । “सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

२०७५ पौष १३ गते प्रकाशित

वि.सं.२०७५ पुस १३ शुक्रवार १५:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...