back
NMB ad

तामाकोशीको आइपिओ पर्नेलाई दुई गुना फाइदा

Kumari bank ad

काठमाडौं । माथिल्लो तामाकोशीको आइपिओ पर्नेलाई दुई गुना फाइदा भएको छ । १० कित्ता पर्नेले आइपिओमा १ हजार रुपैयाँ तिर्नु परेको थियो । अहिले त्यती नै कित्ता बेच्दा २ हजार रुपैयाँ भन्दा बढी लगानीकर्ताले पाएका छन् । लागानीकर्ता सेयर किन्दा राखेको रकम कटाएर चोख्खो १ हजार भन्दा बढी फाइदा भएको हो । अन्यत्र दुई गुना फाइदा गर्नलाई बर्षौ कुर्नु पर्ने हुन्छ । तर, तामाकोशीको सेयर भर्नेले साढे दुई महिना नहुँदै दोब्बर आम्दानी गर
का हुन् । उक्त कम्पनीको सेयर आइतबारबाट कारोबार भएको हो । आइपिओमा लगानी गर्नेले कर कटाएर ११० रुपैयाँ फाइदा गरेको ब्रोकरको भनाइ छ । हिजो तामाकोशीको सेयर प्रतिकित्ता २२४ रुपैयाँमा कारोबार भएको थियो ।
माथिल्लो तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर आइतबा। नेप्सेमा सूचीकरण भएको हो । माथिल्लो तामाकोशीले १०० रुपैयाँ अंकित मूल्यको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर सूचीकरण भएको छ । माथिल्लो तामाकोशीले गत कात्तिक १५ देखि १९ गतेसम्म १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये १ करोड ५० लाख ९० हजार ७५० कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त सेयरको बाँडफाँट मंसिर ११ गते भएको हो । सर्वसाधारण लगानीकर्ता तथा सञ्चयकर्ताहरुले नेप्सेमार्फत यो सेयर बिक्री गर्न सक्नेछन् । तर स्थानीय बासिन्दाले किनेको सेयर भने ३ वर्षसम्म कारोबार भएको छैन । तामाकोशीको सेयर लगानीकर्ताको डिम्याट खातामा समेत आइसकेको छ । कुल ३ लाख ३४ हजार ७५ जना आवेदकमध्ये १ लाख ६१ हजार ३०० जनाले ४० कित्ताका दरले सेयर पाएका थिए । यस्तै, बाँकी १ लाख ७२ हजार ७७५ जना आवेदकलाई १० कित्ता थप गरी ५० कित्ता सेयर दिइएको थियो । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

२०७५ पुष ३० गते प्रकाशित

वि.सं.२०७५ पुस ३० सोमवार १२:३१ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...