काठमाडौं । मेगा बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंकलगायत १० कम्पनीको वार्षिक साधारणसभा आज (सोमबार) हुँदै छ ।
मेगा बैंकले १ प्रतिशत बोनस र ६.६८ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव लादैछ । यसैगरी हिमालयन बैंकले पनि आजै साधारणसभा बोलाएको छ । उक्त बैंकले १०.७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृतका लागि साधारणसभामा प्रस्तुत गर्दै छ । यसैगरी, विदेशी लगानीमा स्थापना भएको नेपाल एसबिआई बैंकले पनि आज नै साधारणसभा राखेको छ । उक्त बैंकले १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर पारित गर्ने प्रस्ताव राखेको छ । आजै सिटिजन्स बैंक ३.६२ प्रतिशत बोनस र १.६३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव गरेको छ । यी लगायत अरु ६ सूचीकृत संस्थाले वार्षिक साधारणसभा आज गर्दै छन् । पुसमसान्त भित्र वार्षिक साधारणसभा गर्नु पर्ने भएकाले यो महिनाको अन्तिम दिन आज वार्षिक साधारणसभा गर्नका लागि सूचीकृत कम्पनीलाई चटारो परेको हो ।
२०७५ पुष ३० गते प्रकाशित
वि.सं.२०७५ पुस ३० सोमवार १२:३३ मा प्रकाशित