back
NMB ad

रुचीअनुसारको अध्ययनगर्न पाए सबै बालबालिका सफल : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले बालबालिकालाइ रुचीअनुसारको शिक्षा दिनुपर्ने बताउनुभएको छ । रुचीअनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफलहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग –२०७५ को प्रतिवेदनआज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“रुचीअनुसारको विषय र क्षेत्रको अध्ययनगर्न पाए सबै बालबालिका सफल हुन्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “फूटबलमा रुचीहुनेलाई संगित सिकाएका छौं । आफ्नो होइन बाबुआमा र विद्यालयको रुची लादेका छौं । अनि बच्चलाई असफल घोषित गरेका छौं । यो प्रणाली राम्रो होइन ।”
अहिलेको शिक्षा प्रणालीले बालबालिकालाई असफल बनाएर उनीहरुको आत्मविश्वासमा बञ्चरो हानिरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भविष्यका कर्णधार भनेर चिनिएका बालबालिकालाई असफल घोषित गरेर उनीहरुको मनोविज्ञान बिगार्नु गलत रहेको बताउनुभयो । “परीक्षाका नाममा बालबालिकालाई फेल भनिरहंदा उसको आत्मविश्वासमा बञ्चरो प्रहार हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “बाल्यकालमै असफलताको बिल्ला भिराइदिएपछि बच्चाको मनोवल उठ्न सक्दैन । यसले समग्रतामा देशको भविष्यमाथी प्रहार गर्छ । ”
बालबालिकाको मनोविज्ञानमा असर नपरोस भनेर असफलनहुने ग्रेडिङ प्रणाली ल्याएको प्रधानमन्त्रीले बताउनुभयो । “यस प्रणालीले पनिशिक्षाको गुणस्तर बढाएको देखिएको छैन । हामीले जुन प्रणाली अपनाएपनि गुणस्तर वृद्धि खोजेकाहौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाललाई विशिष्ट प्रतिभाहरुको देश बनाउनुपर्ने बताउनुभएको छ । ४२ ÷ ४३ प्रतिशतमात्र सफलहुने देश होइन अब उन्नत विद्यार्थी भएको देशको रुपमा नेपाललाई चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाललाई डिस्टिङसनहरुको देश बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “असफलहरुको देशको परिचय अब बदल्नु पर्दछ । ”
प्रधानमन्त्री ओलीले सरकार निजी विद्यालयहरुलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताउनुभएको छ । “सामुदायिक विद्यालयको शैक्षिक गण्ुास्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैं घट्छ ”प्रधानमन्त्री ओलीले भन्नुभयो “गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जादैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिवन्द लगाउने पक्षमा छैन तर विद्यार्थी नै नभएपछि निजी विद्यालय कसरी टिक्छन् र ?”
प्रधानमन्त्री ओलीले आयोगले वुझाएको प्रतिवेदन सिफारिस भएकोले यसको व्यापक अध्ययन गरिने बताउनुभएको छ । “आशा छ यो प्रतिवेदन सिफारिस मात्र नबनोस नीति कै रुपमा यसलाई कार्यन्वयन गर्न सकियोस । ”प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गीरीराजमणी पोख्रेलले आज बालुवाटारमा एक कार्यक्रमकाबीच प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

२०७५ माघ २ गते प्रकाशित

वि.सं.२०७५ माघ २ बुधवार ०८:५७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...