काठमाडौं । स्टयान्डर्ड चार्टर्डको सोमबार सम्पन्न बार्षिक साधारणसभाले पारित गरेको १७.५० प्रतिशत लाभांश अर्को सातादेखि लगानीकर्ताको बैंक खातामा पठाउने भएको छ ।
पुस २६ गतेसम्म उक्त बैंकको सेयर किनेकाले मात्र यो नगद लाभांश पाउने छन् । स्टयाण्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा सोमबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको थियो । साधारणसभाले १७.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साथै, उक्त साधारण सभामा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल भएको थियो ।
२०७५ पौष ८ गते प्रकाशित
वि.सं.२०७५ माघ ८ मंगलवार १०:४८ मा प्रकाशित