काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस महिनासम्ममा एक अर्ब ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले बुधबार प्रकाशित गरेको वित्तीय विवरण नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार चालू आर्थिक वर्षको ६ महिना अवधिमा बैंकले उक्त खुद नाफा गरेका हो ।
बैंकले गत आवको पुससम्म गरेको भन्दा यो आवको पुस मसान्तमा करिव २० करोड रुपैयाँ बढी खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८६ करोड ९३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सिद्धार्थ बैंकको निष्कृय कर्जा अनुपात भने बढेको छ । गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकमा १.५० खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा बढेर १.६४ प्रतिशत पुगेको छ ।
२०७५ पौष ९ गते प्रकाशित
वि.सं.२०७५ माघ ९ बुधवार १०:५७ मा प्रकाशित