६ महिनामै लक्ष्मी बैंकले कमायो ७२ करोड रुपैयाँ

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुसमसान्तसम्म ७२ करोड ३७ लाख रुपैयाँ खुद नाफ गरेको छ । गत वर्षको तुलनामा बैंकले ३० प्रतिशतभन्दा बढी खुद नाफा कमाउन सफल भएको हो । गत वर्ष यही अवधिमा भने ५५ करोड १ लाख रुपैयाँ कमाएको छ ।

हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यही माघ २८ गते वार्षिक साधारण सभा बोलाएको उक्त बैंकले साधारणसभाबाट बोनस सेयर पारित गरेपछि लगाीकर्तालाई बोनस बितरण गर्ने छ । बोनसपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ ।

२०७५ माघ १७ गते प्रकाशित

२०७५ माघ १७ गते ११:४७ मा प्रकाशित

You can share this post!

मेगा बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

हिमालयन बैंकको नाफा १ अर्ब ३६ करोड, गत बर्षको तुलनामा २० प्रतिशतले वृद्धि

Related posts