काठमाडौं। कृषि विकास बैंकले १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ३२.५६ प्रतिशत धेरै हो । गत वर्ष यो बैंकले १ अर्ब २ करोड ९१ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
निक्षेप संकनलनभन्दा ऋण लगानीमा आक्रामक देखिएको बैंकले ब्याज खर्चको तुलनामा ब्याज आम्दानी बढाएको छ। जसले गर्दा गत बर्षको भन्दा खुद ब्याज आम्दानी ३४.६७ प्रतिशतले बढेर तीन अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ।
पुससम्ममा बैंकले एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ७ अर्ब रुपैयाँ ऋण विस्तार गरेको हो। चुक्ता पूँजी १३ अर्ब ९३ करोड रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब २२ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको प्रति शेयर आम्दानी थप ७ रुपैयाँले बढेर २८ रुपैयाँ पुगेको छ। कर्जा निक्षेप अनुपात भने ७८.६८ प्रतिशत छ।
२०७५ माघ २३ गते प्रकाशित
वि.सं.२०७५ माघ २३ बुधवार ११:५४ मा प्रकाशित