back
NMB ad

खोटाङको थामखर्क विमानस्थल उद्घाटन, सातामा दुई दिन उडान

Kumari bank ad

काठमाडौं । खोटाङ जिल्लाको थामखर्क विमानस्थलको स्तरोन्नतिको काम सम्पन्न भई सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार विमानस्थलको उद्घाटन गरेका हुन् । खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको कामका लागि २०७३ चैत्र १३ गतेदेखि स्थगित भएको उडान विमानस्थल उद्घाटन भएसँग अब सुचारु हुने भएको छ । मन्त्री अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुचारु भएको थामखर्क ३२ औं विमानस्थल हो ।
थामखर्क विमानस्थल कालोपत्रेको काम रौटा कन्स्ट्रक्सनले करिब १० करोड ६० लाख ७१ हजार रुपैयाँको लागतमा २७ महिनामा सम्पन्न गरेको हो । २०७३ कार्तिकबाट विमानस्थल कालोपत्रे लगायत निर्माणको काम सुरु गरिएको थियो। यो विमानस्थलको क्षेत्रफल २० रोपनी ६ आना छ । यो विमानस्थलको काठमाडौं र विराटनगर विमानस्थलसँग हवाइ सम्पर्क छ ।
विमानस्थल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले थामखर्क विमानस्थलमा साताको दुईवटा उडान हुने व्यवस्था मिलाउने बताए । ‘खोटाङ जिल्ला पर्यटनको दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्यस्थल भएको र खोटाङबासीको सुविधाको लागि पनि नियमित उडान आवश्यक भएकाले सातामा दुईवटा उडानको व्यवस्था मिलाउँछौं’, मन्त्री अधिकारीले भने ।

त्यसबाहेक, खोटाङ जिल्लामै रहेको लामिडाँडा विमानस्थल आगामी दुई महिनाभित्रमा सञ्चालनमा ल्याइसक्ने र खानीडाँडा विमानस्थल स्तरोन्नतीको काम पनि चाडैं सुरु गर्ने मन्त्री अधिकारीले बताएका छन् ।
मन्त्री अधिकारीले भने, ‘अहिल नेपाल वायुसेवा निगम सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्सको रुपमा स्थापित भएको छ। यसलाई लाई अझ सशक्त बनाएर राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउँछौं ।’
त्यस्तै, खोटाङबाट संघीय प्रतिनिधिसभामा निर्वाचित सांसद विशाल भट्टराईले थामखर्क विमानस्थल स्तरोन्नतिभई सुचारु भएपछि खोटाङको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विमानस्थल सुरुचारु भएपछि खोटाङ जिल्लाको दक्षिणी क्षेत्रका खोटेहाङ, बराहपोखरी, जन्तेढुङ्गा लगायतका गाउँपालिकाको स्थानीयका लागि सुविधा भएको भट्टराईले बताए ।

विमानस्थल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दौ नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देश सञ्जीव गौतमले थामखर्कमा नियमित उडानको लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउने बताए ।
त्यसैगरी, नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले थामखर्कमा सातामा कम्तिमा दुईवटा फ्लाइटको व्यवस्था नेपाल वायुसेवा निगमले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विमानस्थल उद्घाटन कार्यक्रममा प्रतिनिधि सभासदस्य हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ माघ २९ मंगलवार ०८:२६ मा प्रकाशित

You can share this post!

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...