back
NMB ad

आपूर्ति र चर्को बैंकको ब्याजदरले सेयर बजार निरन्तर ओरालो

Kumari bank ad

काठमाडौं । सेयरको आपूर्ति बढेको र बैंकको चर्को व्याजले सेयर बजार निरन्तर ओरालो लाग्न पुगेको छ । सेयर बजार अहिले ११०० अंक नजिक आइपुगेको छ । लगानीकर्ताहरु आइपिओ, हकप्रद र बोनस सेयरलगायतका कारणले सेयर आपूर्ति बढेको र चर्को बैंक ब्याजदरले अहिले सेयर बजार घट्न पुगेको बताउँछन् ।

अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्से तथा सीडीएसले बजार सुधारका काम अघि बढाइरहेकाले आगामी दिनमा बजार उकालो लाग्ने अनुमान गरिएको छ । अहिले प्रमुख समस्या चर्को बैंक ब्याजदर नै भएको लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ताले १५ प्रतिशतको हाराहारीमा सेयर कर्जाको ब्याज तिर्नुपरेको छ । यही बेला बजारमा निरन्तरजसो हकप्रद तथा आइपीओ थपिइरहेको छ ।

यसैवीच सरकारले हाइड्रोपावर परियोजनहरुमा जनताको लगानी तान्ने निर्णय गरेको छ । सरकारले प्रवद्र्धन गर्ने हाइड्रोपावर परियोजनाहरुमा निर्माण सम्पन्न अघि नै जनताले अग्रीम रुपमा आइपीओ भर्न पाउने व्यवस्था गरको छ । यही चैतदेखि हाइड्रोपावरको थप आइपीओ खुल्ने सरकारी भनाई छ । यसले बजारमा अझै आपूर्ति बढाउन सक्ने सम्भावना रहेको छ । तर, सेयर बजारलाई आधुनिक प्रविधी मैत्री बनाउँदै लागिएको र बैंकमा देखिएको लगानीयोग्य पुँजी (तरलता) को अभावलाई पनि कम गर्दै लाने नीति सरकारले बनाएका कारण आगामी दिनमा सेयर बढ्ने सम्भावन देखिएको बिज्ञहरु बताउँछन् ।

२०७५ फागुन ७ गते प्रकाशित

वि.सं.२०७५ फागुन ७ मंगलवार १०:१८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...