फागुन १५ देखि ग्लोबल आइएमईको १५ लाख युनिट ऋणपत्र खुल्दै, ब्याजदर कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले आगामी फागुन १५ गतेदेखि ऋणपत्र निश्कासन गर्ने भएको छ । बैंकले ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक डिवेञ्चर–२०८०/८१’ निश्कासन गर्ने भएको हो ।

प्रतिकित्ता १००० दरले १५ लाख कित्ता ऋणपत्रमा छिटोमा फागुन १९ गते र ढिलोमा चैत १४ गतेभित्र आवेदन दिन सकिनेछ ।
बैंकले ३० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएपनि ३ हजार कित्ता मात्र बाँडफाँड भएको छ । सामूहिक लगानी कोषहरुले नकिनेको २७ हजार इकाई पनि थप गरी सर्वसाधारणलाई कुल ५ लाख ९७ हजार इकाई बिक्री गर्न लागिएको हो ।

यसमा एआइबिएल एस क्यापिटल ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले सीआस्वा सेवा संचालनको अनुमति पाएका बैंकमार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् ।

२०७५ फागुन ७ गते प्रकाशित

२०७५ फागुुण ७ गते १४:०७ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा बाल विकास समाजलाई एक लाख प्रदान

सिभिल बैंकद्वारा बाल विकास समाजलाई एक लाख प्रदान

Related posts