back
NMB ad

ग्लोबल आइएमई बैंकको ऋणपत्र खुला, कहिले सम्म दिने आवेदन ?

Kumari bank ad

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले फागुन १५ गते आजदेखि ऋणपत्र खुला गरेको छ । बैंकले ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक डिवेञ्चर–२०८०/८१’ निश्कासन गरेको हो ।

प्रतिकित्ता १००० दरले १५ लाख कित्ता ऋणपत्रमा छिटोमा फागुन १९ गते र ढिलोमा चैत १४ गतेभित्र आवेदन दिन सकिनेछ । कुल निश्कासित १५ लाख कित्तामध्ये ६ लाख कित्ता सर्वसाधारणका लागि, ३ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ ।

ऋणपत्रमा लगानीकर्ताले १०.२५ प्रतिशत वार्षिक ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ७५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एआइबिएल एस क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले सीआस्वा सेवा संचालनको अनुमति पाएका बैंकमार्फत पनि आवेदन दिन सक्नेछन् ।

बैंकले पूँजी कोष वृद्धि गर्न, बैंकको प्रबन्धपत्रमा उललेख भएको उदेश्य प्राप्त गर्न तथा सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिलाई विस्तार गर्नका लागि आवश्यक पूँजी जुटाउनका लागि ऋणपत्र जारी गरेको जनाएको छ । इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एलए माइनस’को रेटिङ प्रदान गरेको छ, जसको अर्थ यसमा लगानी गर्नु कम जोखिम रहेको भन्ने हो ।

२०७५ फागुन १५ गते प्रकाशित

वि.सं.२०७५ फागुन १५ बुधवार १३:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...