back
NMB ad

स्पर्श लघुवित्तको २ लाख ६९ हजार कित्ता आइपीओ आउने

Kumari bank ad

काठमाडौं। स्पर्श लघुवित्तले यहि फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि निश्कासन गर्न लागेको आइपीओमा फागुन २९ गतेभित्र आवेदन दिन सकिनेछ । सो अवधिमा मागेजति आवेदन नपरे ढिलोमा चैत २५ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

कुल निश्कासन गर्ने भनिएको आइपीओमध्ये ४ हजार १४८ कित्ता कम्पनीका कर्मचारीका लागि, १३ हजार ४८२ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको २ लाख ५२ हजार सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । इच्छुकले न्यूनतम १० देखि अधिकतम १३४० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ निश्कासन भएकोले साथमा १ हजार रुपैयाँ हुनेले समेत आवेदन दिन सक्नेछन् । यसको अर्थ पढ्दै गरेका विद्यार्थी र न्यून आम्दानी हुनेले समेत यो कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमीटेड रहेको छ ।

आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ८ करोड २९ लाख पुग्नेछ । यस्तै, कम्पनीका सर्वसाधारणको सेयर स्वामित्व ३२.५ प्रतिशत र प्रोमोटरको ६२.५ प्रतिशत कायम हुनेछ । यो माइक्रोफाइनान्स कम्पनीले हाल १० जिल्लाका १५ शाखाबाट आफ्नो कारोबार संचालन गरिरहेको छ ।

चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ८ लाख ३५ हजार रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ०.५१ प्रतिशत छ।

२०७५ फागुन १५ गते प्रकाशित

वि.सं.२०७५ फागुन १५ बुधवार १४:०३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...