एसियन लाइफ इन्सुरेन्सको ६० प्रतिशत हकप्रदमा बुक क्लोज, क- कसले दिने आवेदन ?

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले ६० प्रतिशत हकप्रद बिक्री गर्न फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । फागुन २१ गतेसम्म कायम सेयरधनीले यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

एसियनले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा बढी हुनेछ ।

२०७५ फागुन १७ गते प्रकाशित

२०७५ फागुुण १७ गते १२:४२ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धान्जली

मेरो माइक्रोफाइनान्सको १०० प्रतिशत हकप्रद खुला, कुल पूँजी कति ?

Related posts