back
NMB ad

प्रधानमन्त्री ओलीद्वारा नेता अधिकारीको निधनमा दुःख व्यक्त

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । हिजो राती उपचारको क्रममा निधन हुनुभएका ८३ बर्षीय अधिकारीलाई प्रधानमन्त्री ओलीले आज बिहान पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा पुगेर श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

अधिकारीको पार्थीव शरिरमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओडाएर सम्मान गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री अधिकारी चारपटक अर्थ मन्त्री र एकपटक निर्माण तथा यातायात मन्त्री हुनुभएको थियो ।

यसैबीच नेकपाको आज बिहान बसेको सचिवालय बैठकले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ । अध्यक्ष ओली र दाहालले जारी गरेको वक्तव्यमा अधिकारीले मुलुकको परिर्वतन र रुपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको छ । वक्तव्यमा अधिकारीकी श्रीमती सविता,छोरीहरु लुना,लिमा र लिजा लगायत सम्पूर्ण आफन्जनमा समवेदना व्यक्त गरिएको छ ।

पार्टीको सचिवालय बैठकले अधिकारीलाई सबैसंग मिलेर काम गर्न सक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका भएका नेताको रुपमा स्मरण गरेको छ ।

२०७५ फागुन १९ गते प्रकाशित

वि.सं.२०७५ फागुन १९ आइतवार १२:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...