back
NMB ad

५ लाख भन्दा बढीको सेयर कारोबार गर्नेलाई प्यान अनिवार्य

Kumari bank ad

काठमाडौं । आगामी बैशाख १ गतेदेखि ५ लाखभन्दा बढीको शेयर कारोबार गर्ने लगानीकर्ताहरु अनिवार्य रुपमा प्यानको दायरामा आउनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सरकारको योजना अनुसार तत्काललाई ५ लाखभन्दा बढीको कारोबार गर्नेहरुलाई अनिवार्य रुपमा प्यानको दायरामा ल्याउने बताएको हो ।

५ लाख रुपैयाँ भन्दा कम लगानी गर्ने साना लगानीकर्तालाई भने प्यान ऐच्छिक रहेको बोर्डको भनाई छ । साना लगानीकर्तालाई प्रोत्साहन गर्न अहिलेलाई ऐच्छिक गरिएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बोर्डको यो निर्णयबाट साना लगानीकर्तालाई तत्काल प्यानको झन्झट नहुने देखिएको छ । एकैपटक ५ लाख भन्दा कम कारोबार गर्नेले प्यान नम्बर उल्लेख गर्न अनिवार्य हुनेछैन् । यसैगरी धेरै परिमाणमा सेयर कारोबार गर्नेले पनि ५ लाख रुपैयाँभन्दा कमका दरले सेयर खरिद गरेमा प्यान अनिवार्य हुँदैन ।

सरकारको बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था अनुसार २०७६ बैशाख १ गतेबाट दोश्रो बजारमार्फत् शेयर खरीद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको थियो ।

२०७५ फागुन ३० गते प्रकाशित

वि.सं.२०७५ फागुन ३० बिहीवार १२:२६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...