back
NMB ad

एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री

Kumari bank ad

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताउनुभएको छ । कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताउनुभएको हो । खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै लिन नहुने बताउँदै उहाँले खेलकुद क्षेत्रले समग्र राष्ट्रको पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विकासको काम सँगसँगै सरकार खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि बढी प्राथमिकता दिएर अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले केन्द्रबाट केही नीतिगत कार्यहरू गर्दा प्रदेश र स्थानीय तहमा काम गर्न समस्या देखिएपनि त्यो समस्या छिटै समाधान हुने बताउनुभयो ।

मन्त्री मगरले संविधान विरोधी र संघीयता असफल पार्न खोज्नेहरुका गतिविधि निष्तेज पार्न सरकार दृढ रहेको प्रष्ट पार्नुभयो । उहाँले यो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएकाले सरकार त्यसका लागि लागिरहेको बताउनु भयो । सरकारले केही काम नै गरेन भन्ने दुष्प्रचार भईरहेको छ । त्यस्तो होईन, सरकारले कानुन बनाउनुपर्ने, संघीयता कार्यान्वयन गर्नुपर्ने र विकासका कामहरु गर्नुपर्ने भएकाले तत्काल नदेखिएको हुन सक्छ तर सरकारले एक वर्षमा धेरै काम गरेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले सरकारका काम कारवाही रफ्तारमा अघि बढिरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले जनताका मागहरू धेरै भएकाले कामहरू अझै गर्न बाँकी रहेको बताउनुभयो । बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले बेलौरी नगर शुरुवाती चरणमा रहेकाले नगरमा कार्य गर्न धेरै रहेको बताउनुभयो । ऐन कानुन निर्माणमा भएको ढिलाईले गर्दा बेलौरी नगरले चाहेर पनि विकास निर्माणका कार्यहरू गर्न नसकिरहेको नगर प्रमुख चौधरीको भनाई छ । प्रतियोगिता उद्घाटन कार्यक्रम शुरु हुनु भन्दा पहिले खानेपानी मन्त्री मगरलाई क्लबद्धारा स्वागत गरिएको थियोे । चैत १ गतेबाट शुरु भएको फुटबल प्रतियोगिता चैत्र ११ गते सम्पन्न हुनेछ ।

२०७५ चैत २ गते प्रकाशित

वि.सं.२०७५ चैत २ शनिवार १५:३७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...