back
NMB ad

मानव संशाधनमा ग्रोथ सेलर्सको प्रयास सराहनीय : मन्त्री विष्ट

Kumari bank ad

काठमाडौं । ग्रोथ सेलर्स प्रालीको वार्षिक मानव संशाधन भेलाको १२औ संस्करण विभिन्न संघ संस्था तथा पेशाकर्मीको सहभागीतामा सम्पन्न भएको छ । उक्त कार्यक्रम विषयगत नारा विद्युतिय युगमा मानव संशाधन रहेको थियो । सो गैर(आवासिय कार्यक्रमको उद्घाटन मानानीय श्रम मन्त्री गोकर्ण विष्टले गर्नुभएको थियो । उहाँले मानव संशाधन सम्बन्धी समसामयिक विषयमा ग्रोथ सेलर्सले गरेको प्रयासको सराहना गर्नुभयो । संस्थाको तर्फबाट ग्रोथ सेलर्सका प्रवन्ध निर्देशक मोहनराज ओझाले सहभागी तथा श्रोत व्यक्तीहरुको लागि स्वागत मन्तव्य राख्नु भएको थियो ।

मुख्य वक्ताहरुमा भारतको इकम प्रा लिका वरिष्ठ उपाध्यक्ष सौरभ दिप सिंहला र टिच फर नेपालका शिशिर खनाल हुनुहुन्थ्यो । त्यस्तै अन्य वक्ताहरुमा विशाल ढकाल, सामाजिक सुरक्षा कोषका निर्देशक शंकर नेपाल, वोधीसत्व स्वामी श्री आनन्द अरुण, लगायतका अन्य विज्ञहरु हुनुहुथ्यो । मनोज कुमार ज्ञवाली, जयेन्द्र रिमाल, र रिश्व राम गोर्खालीले समानान्तर सत्रहरुको सहजीकरण गर्नुभएको थियो ।
उक्त भेलाको उद्देश्य मानव संशाधन समुदायलाई सशक्त गर्दै सबल पार्नु तथा सहभागीहरुलाई विश्वव्यापी प्रचलनहरुका बारे जानकारी गराउँदै आपसी सन्जाल विस्तार गर्ने एउटा साझा मन्च उपलब्ध गराउनु रहेकोछ ।

दुई दिनसम्म चलेको यस भेलाको अन्तिम दिनमा चारु चढ्ढाको सहजीकरणमा कार्यस्थलमा हुने दुर्व्यहारको कसरी सामना गर्ने भन्ने बारे अधिवक्ता सुश्मा हाडा, युएनडिपिकी बिन्दा मगर र केयर नेपालकी प्रजाना वाइबाको उपस्थितीमा छलफल चलाइएको थियो । यस कार्यक्रमका प्रायोजकहरुमा एक्सेस वर्ल्ड, डिएभि कलेज, ग्लोबल आइएमई बेँक तथा आइएमइ जेनेरल इन्सुरेन्स, आइएमइ, सिङगापुर एअरलाईन्स, डिश होम, देश संचार रहेका थिए । ग्रोथ लिडरशिप एकेडेमी सल्लाह साझेदार रहेको थियो भने कार्यक्रमको व्यवस्थापन कर्पोरेट क्लबले र आयोजना ग्रोथ सेलर्सको रहेको थियो । कार्यक्रमको समापन ग्रोथ सेलर्सका कार्यकारी निर्देशक जयेन्द्र रिमालले गर्नु भएको थियो ।

२०७५ चैत २ गते प्रकाशित

वि.सं.२०७५ चैत २ शनिवार १५:४४ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...