back
NMB ad

सरकारसँगै समृद्धिको मार्गमा अघि बढ्न प्रधानमन्त्री ओलीको आग्रह

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत रुपमा अघि बढेको उल्लेख गर्नुभएको छ । “देशलाई द्रूत गतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढी एकतावद्ध हुन जरुरी छ ” प्रधानमन्त्री ओलीको सन्देसमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल,सुखी नेपाली’भएको सबैलाई स्मरण गराउनुभएको छ । “नेपालभरी र बाहिर पनि खुसीयाली प्रकट गर्दै होली अर्थात पानी र रंग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरी एक पटक हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल,सुखी नेपालीको स्मरण गर्न चाहन्छु ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

भाषिक,सांस्कृतिक र जातीय विविधतामा एकता सारा विश्वले थाहा पाएको नेपाली विशेषता भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ “ फागु पूर्णिमाले विभिन्न मातृभाषाका विविध संस्कृति अंगीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीहरुबीचको सद्भाव र सुसम्बन्ध अझ मजवूत बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । ”

२०७५ चैत ६ गते प्रकाशित

वि.सं.२०७५ चैत ६ बुधवार १२:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...