काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले ६.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको चैत ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई २ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद गरी कूल ६.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ । हाल ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँ चुक्ता पूँजी रहेको सेञ्चुरीको बोनस वितरण पश्चात ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
२०७५ चैत ७ गते प्रकाशित
वि.सं.२०७५ चैत ७ बिहीवार १२:३५ मा प्रकाशित