back
NMB ad

महिला सहयात्रा माईक्रोफाइनान्स एक लाख डलर सहित ग्लोवल अवार्डद्वारा सम्मानित

Kumari bank ad

काठमाडौं । महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड राज कुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोवल अवार्डद्वारा सम्मानित भएको छ । वित्तिय संस्थाले सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र गरि चार विधामा विभिन्न मुलुकका १८८७ प्रतिस्पर्धिहरुलाई उछिन्दै निजी संस्थाको तर्फबाट एक लाख अमेरीकी डलर धनरासीको पुरस्कार र ग्लोवल अवार्ड प्राप्त गर्न सफल भएको हो ।

नेपालको अति दुर दराज र पिछडिएको क्षेत्रमा गई २८ हजार भन्दा बढि महिलाहरुकाबीच लघुवित्त सेवाका साथै लघु उद्यममार्फत समुदायको आर्थिक तथा सामाजिक विकासकार्यहरुमा विशेष योगदान गरेवापत संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले संस्थालाई सम्मानीत गरएिको कुुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमिता मानन्धरले बिहिबार संस्थाद्वार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उक्त अवार्ड ११ मार्च २०१९ मा संयुक्त राष्ट्रको महिलाहरुको अवस्था सम्बन्धि ६३ औं महासभामा एक भव्य समारोहकाबीच संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.सुमिता मानन्धरले उक्त धनराशीको पुरस्कार र अवार्ड ग्रहण गर्नुभएको थियो । उनले संस्थाले नेपालका अति विकट क्षेत्रहरुमा गई स्थानीय स्रोत र साधनलाई उपयोग गर्दै सिपमुलक तालिम दिई पिछडिएका महिलाको क्षमता अभिवृद्धि गर्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विजया केसीले सबैको सहयोग र योगदानले यस संस्था अवार्डद्वारा सम्मानीत भएकोमा गौरवान्ति भएको बताउँदै महिला सशक्तिकरणबाट नै देश विकास हुने दावी गर्नुभयो । आज संस्थाले पाएको अवार्डलाई स्मरण गर्दै सेवा गरे मेवा मिल्छ भन्ने कुरा प्रष्ट भएको बताउनु भयो ।

कार्यक्रममा संस्थाका बोर्ड सदस्य निता प्रधान जोशी, अन्जली राजभण्डारी लगायतले बोल्नु भएको थियो भने सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भाइराजा तुलाधरले गर्नु भएको थियो । ९३ जना महिला सदस्यहरुबाट सुरु गरिएको संस्थाले हाल २६ वटा शाखा मध्ये २१ वटाले अति विकट क्षेत्रमा गएर काम गरेको संस्थाले जनाएको छ । संस्थाले लघुवित्तको साथै सिप विकास तालिम तथा बजारीकरणको काम समेत गरेको छ ।

२०७५ चैत ८ गते पकाशित

वि.सं.२०७५ चैत ८ शुक्रवार १२:२५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...