back
NMB ad

माथिल्लो तामाकोशी समयमै ल्याउन उर्जामन्त्री पुन यसरी खट्टिए, मंसिरभित्र ल्याउने उद्घोष

Kumari bank ad

दोलखा । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गर्नुभएको छ । उर्जामन्त्री पुन दोलखाको विगु गाँउपालिकामा निर्माणाधिन ४५६ मेगावाट क्षमता भएको तामाकोशी जलविद्युत आयोजनाको अवस्थाको वारेमा जानकारी लिन शुक्रवार साँझ दोलखा पुग्नुभएको हो । मन्त्री पुनले राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोशी जलविद्युत आयोजनालाई समयमै ल्याउन पहल गर्दै आउनुभएको छ ।

उँहाले शनिवार विहान आयोजनाको बाँधस्थल माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर समेत जानकारी लिनुभयो । मन्त्री पुनले करिव ३ घण्टा आयोजना स्थलकै निरीक्षण गरेर बिताउनुभएको थियो ।

उँहाले आयोजनाको अनुगमन, निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफु प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताउनुभयो । उँहाले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग समेत आयोजनाको प्रगतीको वारेमा जानकारी लिनुभएको छ ।

मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण ओलीसहित आयोजनास्थल पुग्नुभएको हो । उहाले तोकिएको समयमा तामाकोशी जलविद्युत आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा गम्भिर भएर काम गर्न समेत निर्देशन दिनुभयो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री पुन आयोजनाको निरीक्षण भ्रमणमा गत वर्ष दोलखा आउनुभएको थियो । उहाँले माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमै ल्याउन आफु गम्भिरतापूर्वक लागिरहेको बताउंदै आउनुभएको छ ।

यसअघि आयोजनामा समस्या देखिएपछि उहाँले उर्जामन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक,आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधीसंग छलफल गरेर आयोजना तोकिएको समयमै ल्याउन निर्देशन दिनुभएको थियो । मन्त्री पुनले आयोजनाको काम अघि नबढे ठेक्का समेत तोड्ने चेतावनी समेत दिनुभएको थियो ।

उर्जामन्त्री पुनले ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिर भित्र सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । आयोजनास्थलको निरिक्षण भ्रमण सम्पन्न गरिसकेपछि संचारकर्मीसंग शनिवार कुरा गर्दै मन्त्री पुनले आयोजना समय तालिकाभित्रै सम्पन्न हुने दावी गर्नुभयो ।

‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भिर चाँसो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागी मैले पुरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमा विश्वस्त छु ।’ मन्त्री पुनले भन्नुभयो । उहाले नेपालीले ठुला आयोजना गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै यसबाट नेपालीले ठुला आयोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको धारणा समेत राख्नुभयो । मन्त्री पुनले तामाकोशी जलविद्युत आयोजना नेपालकै लागी नमुनायोग्य र महत्वपूर्ण भएको बताउनुभयो ।

‘केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एन्ड्रिजको विचमा समझदारी बनाईदिएका छौ,अहिले काम अघि बढिरहेको छ । त्यसैले पनि आगामी मंसिरसम्म सवै काम सम्पन्न हुन्छ भन्ने मैले विश्वास लिएको छु । ’ उहाले भन्नुभयो । आफुले आयोजना प्रमुखदेखी कार्यकारी निर्देशक राखेर सुरुदेखी नै तालिकाअनुसार काम हुनुपर्ने धारणा राखेको मन्त्री पुनको भनाई थियो । ठुला आयोजनामा कहिलेकांही समस्या आउने भएपनि तालिकाअनुसार नैै काम हुने मन्त्री पुनले बताउनुभयो ।

२०७५ चैत १० गते प्रकाशित

वि.सं.२०७५ चैत १० आइतवार ०९:४४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...