back
NMB ad

पुँजी बजारमा देखिएका समस्याहरुको समाधान गर्दै बोर्ड

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न लागि परेको बताएको छ । बोर्डले र्आिर्थक विकासको लागि आर्थिक साधन परिचालनमा धितोपत्र वजारलाई उच्च प्राथमिकता दिई मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिहरुको मूल्याकंन गरी वित्तीय स्थायित्व एंवम् लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु सम्बोधनका लागि सुझाव पेश गर्न सरकारबाट मंसिर २० मा गठित मुद्रा तथा पुँजी बजार सम्वन्धी कार्यदलको सुझाव प्रतिवेदन अनुसार बोर्डसँग सम्बन्धित २८ बुँदाहरु मध्ये केही तत्काल गर्नुपर्ने, केही २०७५ चैत्र मसान्त तथा २०७६ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने गरी कार्य योजना तोकिएकोमा तत्काल गनुपर्ने १२ वटा कार्यहरु मध्ये केही कार्यहरु सम्पन्न भईसकेका छन् भने चैत्र मसान्त सम्म गर्नुपर्ने तथा २०७६ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने कार्यहरु समेत अगाडि बढाइसकिएको जानकारी समेत गराएको छ ।

तत्काल गनुपर्ने कार्यहरु र प्रगतिका बारेमा बोर्डले न्यूनतम ग्रेड भन्दा कम्तिमा एक स्तर माथिको रेटिङ्ग प्राप्त गरेका संस्थाहरुलाई मात्र सार्वजनिक निष्काशन अनुमति प्रदान गरी कार्यान्वयन गरिएको जनाएको छ । यसैगरी, बजारमा सर्वसाधारण लगानीकर्ताहरुको पहुँच विस्तार गराई ऋणपत्र बजारलाई थप गतिशील बनाउन जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तीलाई विक्री वितरण गर्नका लागि छुट्टयाउनुपर्ने व्यवस्था गरिएको, नेटवर्थ भन्दा बढी नहुने गरी एफपीओ जारी गर्न पाउने तथा नेटवर्थ भन्दा दुई गुणा बढी नहुने गरी आइपिओ जारी गर्न पाउने व्यवस्था गरिएको, शेयर दलाल मार्फत् मार्जिन कारोवार सम्बन्धमा बोर्डको निर्देशनमा नेप्सेले मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५ लागू गरिसकेको र सोही बमोजिम नेप्सेबाट आवश्यक प्रकृृया अगाडि बढाई कार्यान्वयनको चरणमा रहेको,नेप्सेले संचालनमा ल्याएको स्वचालित कारोवार प्रणालीलाई सिडिएसएलको प्रणालीमा आवद्ध गरिएको । साथै स्वचालित कारोवार प्रणालीमा भएका कमिकमजोरीहरुलाई अध्ययन गर्न बोर्डबाट गठित समितिबाट प्राप्त प्रतिवेदन नेपाल सरकार अर्थ मन्त्रालयमा पठाइएको, बजार निर्माताको कार्यको लागि नागरिक लगानी कोषलाई संस्थागत व्यवस्था गर्न सम्वन्वय भैरहेको र खुलामुखी सामूहिक लगानी कोष संचालन गर्न गरिएको व्यवस्था नगरी कार्यान्वयनको चरणमा रहेको जानकारी गराएको छ ।

यसैगरी बोर्डले नेप्सेबाट हुनुपर्ने देखिएकोमा शिघ्र कार्य अगाडि बढाउन निर्देशन दिइएको र सोको निरन्तर रुपमा फलोअप भैरहेको बताएको छ । बाणिज्य बैकहरुलाई सहायक कम्पनी मार्फत शेयर खरिद विक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स सम्बन्धी आवश्यक कार्यहरु अगाडि बढाई बोर्डमा सिफारिश गर्न मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिइएको, ओटिसी बजारलाई गतिशील बनाउन २०७५ चैत्र मसान्तसम्ममा प्रविधि मैत्री बनाई स्वचालित प्रणाली अपनाउन नेप्सेलाई निर्देशन दिइएको, अन्तर्राष्टिय अभ्यास अनुरुप नेप्से सूचकांकमा लाग्ने सर्किट ब्रेकलाई समसामयीक बनाउन मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिएकोमा नेप्सेबाट अध्ययन भई पेश गरिएकोमा कार्यान्वयनकोे क्रममा रहेको, लगानीकर्ताहरुको हित संरक्षणको लागि लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिइएको, धितोपत्रको दोस्रो बजार कारोवारको भुक्तानी सुनिश्चितताको लागि सेटलमेण्ट ग्यारेण्टी फण्डको स्थापनाका लागि मिति २०७५ पुष १८ मा सिडिएसिलाई निर्देशन दिइएको र सोको निरन्तर फलोअप भैरहेको बोर्डले जनाएको छ ।

बोर्डले चैत्र मसान्त सम्म गर्नुपर्ने कार्यहरु र प्रगति पनि सार्वजनिक गरेको छ । धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन गर्ने कार्य अन्तिम चरणमा रहेको, भित्री कारोवार बन्देज नियमावलीको मस्यौदा भई स्वीकृतिको लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाउने क्रममा रहेको, बास्तविक क्षेत्रका संगठित संस्थाहरुको संस्थापक शेयरको लक इन पिरियड लाई अन्य वित्तीय क्षेत्रको नियमन निकायले गरेको व्यवस्थासँग सामञ्जस्यता ल्याउन अध्ययन भैरहेको र धितोपत्रबारे सर्वसाधारणमा वित्तीय साक्षरता सम्बन्धी कार्यहरु भैरहेको बोर्डको भनाइ छ ।

कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई बजारर निर्माता व्यापारी को रुपमा समेत कार्य गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा अध्ययन गरी सिफारिश गर्न २०७५ पुष १८ मा नेप्सेलाई शिघ्र कार्य अगाडि बढाउन निर्देशन दिइएको सो को निरन्तर फलोअप भैरहेको बोर्डले जनाएको छ । यसैगरी, २०७६ असार मसान्तसम्म गर्नुपर्ने कार्यहरु र प्रगती पनि जानकारी गराएको छ । गैर आवासिय नेपालीको बैंकहरुको डिवेन्चरमा लगानी, लगानी फिर्ता तथा बैंकहरुबाट ऋणपत्र जारी गरी वित्तीय श्रोत जुटाउने सम्बन्धमा समन्वयात्मक रुपमा सम्बन्धित निकायहरुसँग छलफलको क्रममा रहेको, शेयर बजारमा हुने कारोवारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेड तथा निक्षेप सदस्यहरुसँग नेपाल स्टक एक्सचेन्ज लि. को अनलाईन कारोवार प्रणाली पूर्ण रुपमा आवद्ध भए पश्चात हाल कायम रहेको टि प्लस ३ राफसाफ चक्रलाई टि प्लस १ मा ल्याउन सिडिएसीलाई निर्देशन दिइएको र सोको निरन्तर फलोअप भैरहेको, त्यसैगरीे निरन्तर समय सिमा तोकिएको बुंदा ५४ सँग सम्बन्धितः प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिक लगानी कोष प्रोत्साहन गर्न “विशिष्टिकृत लगानी कोष नियमावली, २०७५” यही मिति २०७५ फागुन २२ गते देखि लागू गरिएको बोर्डको भनाइ छ ।

यसप्रकार नेपाल सरकारबाट गठित कार्यदलले सुझाव गरेको कामकारवाहीमध्ये बोर्डको क्षेत्राधिकार भित्र रहेका अधिकांस कार्यहरु सम्पन्न भैसकेका छन भने केही कार्यान्वयनको चरणमा रहेका छन् । पछिल्लो समयमा लगानीकर्ताहरुले देखाएका सरोकारका विषयहरुमा बोर्डसँग सम्बन्धित केही विषयहरु सम्बोधन भईसकेका छन् र अन्य विषयबस्तुहरु सम्बोधन गर्न बोर्ड प्रतिवद्ध रहेको छ । बोर्डको क्षेत्राधिकार बाहिरका बिषयबस्तुहरु नेपाल सरकार सहित अन्य निकायहरुबाट सम्बोधन गरिनुपर्ने देखिएका छन् भने अन्य केही विषयहरु सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्य अगाडि बढाउन बोर्ड प्रयासरत रहेको बोर्डद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७५ चैत १२ गते प्रकाशित

वि.सं.२०७५ चैत १२ मंगलवार १०:३९ मा प्रकाशित

You can share this post!

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...