त्रिशुलीको जलविद्युत्को आइपीओ आज वाँडफाँड हुने

काठमाडौं । त्रिशुली जलविद्युत् कम्पनीको आइपीओ आज बाडँफाडँ हुने भएको छ । उर्जामन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा जनताको जलविद्युत

कार्यक्रमअन्तर्गत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ वि जलविद्युत आयोजनाको आइपीओ बाँडफाँड बिहीबार (आज) दिउसो १ बजे सिंहदरबारस्थित उर्जामन्त्रालयको सभाहलमा हुने भएको छ । उक्त कम्पनीको आइपिओमा १८ गुणा भन्दा बढी आवेदन परेको छ । कम्पनीले चैत ७ गतेदेखि ११ गते सम्म सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । कुल ३७ लाख ५ हजार कित्ता आइपीओ मध्ये १ लाख ११ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

२०७५ चैत १४ गते प्रकाशित

२०७५ चैत्र १४ गते ११:१९ मा प्रकाशित

You can share this post!

मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री

विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण कार्यक्रम सुरु

Related posts