back
NMB ad

सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता सम्पन्न

Kumari bank ad

काठमाडौं । सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार एनबिआइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे सिभिल बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गर्ने तथा बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई उक्त एप्कोबारेमा जानकारी गराई ग्राहकवर्ग माझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै बैंकले उक्त एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक–शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । एनबिआईले बैंकलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको समेत व्यवस्थापन गर्नेछ ।

यसरी दुई संस्थाहरु एउटै उद्देश्यको लागि साझेदारी गरी अघि बढ्नाले ग्रामीण भेगका ग्राहकहरुमा बचत गर्ने बानीको विकास तथा सफलतापूर्वक व्यवसाय संचालन गर्नेबारे ज्ञान प्राप्त गर्न सहजता मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ ।

२०७५ चैत १५ गते प्रकाशित

वि.सं.२०७५ चैत १५ शुक्रवार १०:०३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...