back
NMB ad

गैरअवासीय नेपालीले १० अर्ब रुपैयाँ भित्र्याउनका लागि कोषको स्थापना

Kumari bank ad

काठमाडौं । नेपाल सरकारले नेपालको समृद्धिका लागि विशेष महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियानमा गैरआवासीय नेपालीहरुको सहभागिताका निम्ति एउटा सामुहिक लगानी कोष खडा गर्ने विषयमा एक समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । यो लगानी कोष स्थापनाका लागि नेपालको प्रचलित कानुन अनुसार कम्मनी खडा गरिने छ र प्रारम्भिक चरणमा १० अर्व रुपैयाँ लगानी भित्र्याउने प्रतिवध्दता सहित समझदारी भएको छ ।

यस कोष मार्फत नेपाल सरकारको प्राथमिकतामा परेका आयोजना तथा समग्र नेपालीको हितमा रहने साना ठूला परियोजनाहरुमा लगानी गरिने छ । यस समझदारीको आधारमा स्थापना हुने कम्पनीले गैरआवासीय नेपाली संघको संजालको उपयोग गरी राष्ट्र निर्माणको अभियानमा समस्त गैरआवासीय नेपालीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउने संघले प्रतिवध्दता व्यक्त गरेको छ ।
समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र संघका तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गर्नु भएको हो ।

राष्ट्रिय महत्वको यस लगानी सम्मेलनका अवसरमा गैरआवासीय नेपाली संघको प्रस्ताव अनुसार कोष निर्माणका लागि अनुकुल वातावरण र परिस्थिति सिर्जना गरिदिने सरकारको प्रतिवद्धता साथ समझदारीमा हस्ताक्षर समेत हुन सकेकोमा गैरआवासीय नेपाली संघ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय लगायत समग्र नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गर्दछ ।

२०७५ चैत १८ गते प्रकाशित

वि.सं.२०७५ चैत १८ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...