back
NMB ad

प्रधानमन्त्री शक्तिशाली हुन खोजेको नभइ जनतालाई शक्तिशाली बनाउन खोजेको हो : प्रम ओली

Kumari bank ad

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै शक्ति एकिकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र दमकमा आयोजित एक नं प्रदेश स्तरीय साहित्यिक प्राज्ञिक गोष्ठिको आज उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

“कतिपयले प्रधानमन्त्रीले शक्ति आफूमा केन्द्रित गर्न खोज्यो भन्छन् तर त्यो होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले प्रधानमन्त्री शक्तिशाली हुन खोजेको नभइ जनतालाई शक्तिशाली बनाउन खोजिएको हो । एकथरी मान्छेले यतिकै हल्ला चलाएका छन् ।”
प्रधानमन्त्री ओलीले विप्लव समुहलाई हतियार सरकारलाई बुझाउन चेतावनी दिनुभएको छ । अहिले नै हतियार सरकारलाई बुझाउदा कहाँबाट कसरी ल्याइयो भनेर सोधीखोजी नगरिने समेत स्पष्ट पार्नुभएको छ ।

“विप्लव समुहले अहिले नै हतियार बुझाएमा कहाँबाट ल्याएको भनेर सोधीखोजी नगरौंला । अटेर गरेर मान्छे मार्दै,चन्दा असुल्दै हिड्दा कानुन अनुसार नियन्त्रण गरिन्छ ।”प्रधानमन्त्री ओलीले प्रदेश नं १ आदिकाल देखि नै साहित्यको उर्वर थलो भएको बताउनुभएको छ । यहाँको साहित्यको श्रीवृद्धिका लागि संस्थागत प्रयास अघि बढाउन सरकारले आवश्यक सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

२०७५ चैत १९ गते प्रकाशित

वि.सं.२०७५ चैत १९ मंगलवार १२:४० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...