शिवम् सिमेन्टको नगद लाभांश सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । शिवम् सिमेन्ट्सले आगामी बैशाख ९ गते आह्वान गरेको तेस्रो वार्षिक साधारणको शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि चैत २६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको हो। यसर्थ, चैत २५ गतेसम्म कायम रहने सेयरधनी मात्र उक्त लाभांशको हकदार हुनेछन् ।

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम ४ अर्ब ४० करोड चुक्ता पूँजीको १५.७८९५ प्रतिशत ९कर सहित ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साधारण सभा राष्ट्रिय सभागृह, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

२०७५ चैत २० गते प्रकाशित

२०७५ चैत्र २० गते ११:०० मा प्रकाशित

You can share this post!

कलेजका विद्यार्थीसँग मोःमोःउत्सव

हिमालय उर्जाको सेयर पहिलो दिनमै झण्डै आधा बिक्री

Related posts