back
NMB ad

यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Kumari bank ad

काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर टायल घर स्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ । स्वास्थ्य उपचार बाट कोही पनि नागरिक बञ्चित हुन नपरोस भन्ने ध्येयका साथ सो कार्यक्रम आयोजना गरेको यूनाइटेड सिमेन्ट्सले जनाएको छ ।

सो स्वास्थ्य शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उप प्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष साईला राई तथा विभिन्न राजनितिक पार्टीका प्रतिनीधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो । धुनिवेशी नगरपालिका अन्तर्गत विभिन्न ठाउँबाट लगभग ५ सय ५० भन्दा बढि नागरिक यो शिविर बाट लाभान्वित भएका छन । सो शिविरमा मुख्य रुपमा आँखा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो । नगर स्वास्थ्य प्रमुख शिवहरि भट्ट लगायत विभिन्न स्वास्थ संस्थाबाट १५ जना भन्दा बढि स्वास्थ कर्मीको उपस्थिति रहेको सो शिविरमा उल्लेख्य रुपमा बिरामीहरुको उपस्थिति रहेको र एकदमै उत्तम शैलीमा सेवा प्रदान गर्न सकिएकोमा नगरवासी धेरै नै हर्षित भएको जानकारी वडा अध्यक्ष राईले गराउनु भएको थियो ।

यूनाइटेड सिमेन्ट्सले यस्ता सामाजिक कार्य विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि आयोजना गर्ने लक्ष्य रहेको उद्योगका विनोद कुमार न्यौपानेले बताए । अघिल्लो साल पनि शिक्षाको क्षेत्रमा यहि वडाका विभिन्न सरकारी विद्यालयमा यूनाइटेड सिमेन्ट्सले शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो साथै अघिल्लो साल नै एम्बुलेन्स सेवा संचालनका लागि आर्थिक सहयोग पनि यूनाइटेडले उपलब्ध गराएको थियो । स्वास्थ, शिक्षा, खाने पानी जस्ता आधारभूत कुराहरुमा कुनै पनि सम्झौता नगरि यूनाइटेडले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यको निरन्तरता दिइ रहने प्रतिवद्घता प्रेस विज्ञप्ती द्वारा जानकारी गराएको छ ।

२०७५ चैत २४ गते प्रकाशित

वि.सं.२०७५ चैत २४ आइतवार १५:२९ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...