back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकद्धारा हावाहूरी पिडितलाई ७५ लाखको चेक

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चैत्र १७ गते बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा हावाहुरीको कारणवाट भएको ठूलो जनधनको क्षति प्रति बैंक परिवार दुःख व्यक्त गरेको छ । उक्त प्राकृतिक विपदको कारणवाट दिवंगत भएका व्यक्तिहरुको चीर शान्तीको कामना गर्दै पिडित परिवारहरुलाई राहत पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फ वाट प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हुने गरि ७५ लाखको चेक राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुड. वाट सम्माननिय प्रधानमन्त्री केपीशर्मा ओलीलाई हस्तान्तरण गर्नूभयो ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवारमा सम्पन्न उक्त कार्यक्रममा कानून, न्याय तथा संसदिय मामिला मन्त्रालयका माननिय मन्त्री भानूभक्त ढकाल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका प्रमूख राजनैतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, पे्रस सल्लाहकार चेतन अधिकारी, राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सह सचिव निर्मलहरी अधिकारी, बैंकका प्रमूख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नायव प्रमूख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत टेकराज जोशी, विभागीय प्रमूख राज्य लक्ष्मी खड्गी लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । हाल बैंकका सातै प्रदेश, ७७ वटै जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेका छन् ।

२०७५ चैत २८ गते प्रकाशित

वि.सं.२०७५ चैत २८ बिहीवार १२:४८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...