back
NMB ad

प्रधानमन्त्री दैविप्रकाप उद्धार कोषमा महासंघको ११ लाख सहयोग

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि. नेपालले महासंघको प्राकृतिक विपत्ति उदार कोषबाट बारा र पर्साको हावा हुरी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालको नेतृत्वको टोलीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी हस्तान्तरण गरेको हो ।

महासंघको प्राकृतिक विपत्ति उद्दार कोषमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले १ लाख १० हजार १ सय ११, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ५५ हजार ५ सय ५५, श्रीलालिगुरास बहुउद्देश्यीय सहकारी संस्था लि. पूल्चोक, ललितपुरले ५० हजार १ सय ११ र श्री रिलायबल बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौंले १० हजार १ सय ११ रुपैया जम्मा गरेका छन् । यो रकम सहित महासंघले एक मुष्ट ११ लाख ११ हजार १ सय ११ रुपैया हस्तान्तरण गरेको हो ।

सो कार्यक्रममाा महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, संचालक रविन्द्र के.सी, रमेश पोखरेल, खेम वहादुर पाठक, माधव दुलाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष डि.वी बस्नेत, महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नायव महाप्रबन्धक बाबुल खनाल, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका उपाध्यक्ष करुणारत्न बज्राचार्य र श्रीलालिगुरास बहुउद्देश्यीय सहकारी संस्था लि. पूल्चोक, ललितपुरका अध्यक्ष अमरदास श्रेष्ठको उपस्थिति थियो ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीले प्राकृतिक विपत्ति परेको समयमा सक्दो सहयोग गर्दै आएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । एक फरक प्रसंगमा उहाले किसानको उत्पादनलाई कुहिन नदिन, मुल्यश्रृखला बृद्धि गर्नका लागि विविधिकरण गर्नुपर्ने विषयमा जोड दिनुभयो । उत्पादनलाई रुपान्तरण गरेर फाइदा कसरी लिन सकिन्छ भन्ने विषयमा सहकारीले सोच्नुपर्ने धारणा राख्नुभयो । उहाले सवै क्षेत्रबाट विकासमा ध्यान पु¥याउन सकेको खण्डमा मात्र सन्तुलन व्यवस्थित हुने बताउनुभयो ।

२०७५ चैत २९ गते प्रकाशित

वि.सं.२०७५ चैत २९ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...