back
NMB ad

विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई भर्ना गर्ने सरकारको अभियानमा एनआरएनएको सहभागिता

Kumari bank ad

काठमाडौं । २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नु भएको “हाम्रो नगर हाम्रो गाउँ, “सबै बालबालिकाहरुलाई विद्यालय पुर्याऔ“ नारा सहितको विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्ने नेपाल सरकारको अभियानमा एभरेष्ट इन्टरनेशनल स्कूल जापानसँगको सहकार्यमा गैरआवासीय नेपाली संघ पनि सहभागी भएको छ ।

संघले सबै भन्दा धेरै बालबालिकाहरु बिद्यालय बाहिर रहेको प्रदेश नम्बर २ को महोत्तरी जिल्लको गौशाला नगरपालिकाको त्रिभूवन मावि, रजखोरमा रहेको जन्ता मावि र दलित बस्ती बेलगाछीमा अवस्थित बिरेन्द्र माविबाट सो अभियानको शुभारम्भ गरेको छ ।

संघले ५०० बालबालिकाहरुलाई नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार बिद्यालय जान प्रेरित गर्न आवश्यक साभाग्रीहरु विद्यालय झोला एक थान, कपि ६ थान, एक दर्जन कलम, टिफिन बक्स, जुत्ता र मोजा दुई जोर, विद्यालय पोशाक (सर्ट र पाइन्ट वा स्कर्ट) दुई जोर र जाडोको लागी ट्राउजर, स्वीटर र टोपी एक थान उपलब्ध गराउनेछ । स्थानियले भर्ना भन्दा पनि विद्यार्थीहरुलाई विद्यालयमा टिकाउन कठिन हुने औंलाए ।

स्थानिय शिक्षक शिक्षिकाहरुबाट प्राप्त जानकारी अनुसार विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गराउन जन्मदर्ता प्रमाणपत्रको अवश्यक्ता भएकोले पनि विद्यार्थी भर्नामा कमि आएको जानकारी गराए तर सो अवसरमा स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा जन्मदर्ता गराई विद्यार्थी भर्ना गरिएको थियो ।

स्थानीय जनप्रतिनिधिहरुले एभरेष्ट इन्टरनेशनल स्कूल जापान र गैरआवासीय नेपाली संघलाई नेपाल सरकारको यस अभियानमा सहभागी भएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस कार्यलाई लक्ष्य अनुसार सफलता हाशिल दिलाउन निरन्तर सहयोग र सहकार्यको आपेक्षा रहेको वताए ।
अत्यन्तै हर्ष र उत्साहका साथ सम्पन्न सो कार्यक्रमहरुमा प्रदेश संसद श्री भरत शाहा, जिल्ला शिक्षा निकायका प्रमुख शत्रुघन यादव, शिक्षा मन्त्रीका सचिवालयका प्रतिनिधिहरु शंकर महत्तो र रुद्र शुसलिङ्घ, गौशाला नगरपालिकाको मेयर शिवनाथ महत्तो, विद्यालयका शिक्षक शिक्षिका तथा अभिवाभक र संघका प्रवक्ता भूषण घिमिरे तथा अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का सदस्य कपिलदेब थापाको उपस्थिति रहेको थियो ।

२०७६ बैशाख ४ गते प्रकाशित

वि.सं.२०७६ वैशाख ४ बुधवार ०९:४५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...