back
NMB ad

सानिमा बैंकको खुद नाफा ३०.७५ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा ३७ करोड ५ लाख रुपैयाँ अर्थात ३०.७५ प्रतिशले धेरै हो। गत वर्षको चैत मसान्तमा बैंकले एक अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सानिमाले चैत मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि राम्रो वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी यस अवधिमा ३९.४७ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ९८ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सानिमाले २ अर्ब ९ करोड ३४ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै, सञ्चालन नाफा पनि २९.१० प्रतिशतले बढाएर २ अर्ब २४ करोड २५ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा १ अर्ब ७३ करोड ३० लाख ५४ हजार रुपैयाँ रहेको थियो । चैत मसान्त सम्म सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ११ करोड १० लाख २३ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषको आकार यस अवधिमा २७.१९ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८७ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष जगेडा कोषमा १ अर्ब ६४ करोड ९९ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

सानिमाले प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३१ पैसाले बढाए २६ रुपैयाँ ५२ पैसा पुर्याएको छ । गत वर्ष प्रतिसेयर आम्दानी गत वर्ष २० रुपैयाँ २१ पैसा थियो । बैंकको प्रतिसेयर नटवर्थ भने १४० रुपैयाँ ३२ पैसा छ । चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाको अनुसार बैंकले शेयरधनीलाई १८.५२ प्रतिशत लाभांश वितरण गर्न सक्दछ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा अवधिमा बैंकको निक्षेप संकलन भन्दा कर्जा लगानीको विस्तार उच्च छ । समीक्षा अवधिमा ९ प्रतिशतले बचत संकलन बढाएको बैंकको कर्जा लगानी १७ प्रतिशत धेरै बढेको छ। तेस्रो त्रैमाससम्म बैंकले ८५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७९ अर्ब १३ करोड ५७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कर्जा विस्तार उच्च वृद्धिले बैंकको कर्जा निक्षेप अनुपात ७८.५८ प्रतिशतमा बढेको छ ।

२०७६ बैशाख १२ गते प्रकाशित

वि.सं.२०७६ वैशाख १२ बिहीवार ११:३३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...