back
NMB ad

रसुवागढी र साञ्जेन जलविद्युतको आईपिओ बाँडफाँड, २२ हजार आवेदन रद्ध

Kumari bank ad

काठमाण्डौ । रसुवागढी हाइड्रो पावर कम्पनी र साञ्जेन जलविद्युत आयोजनाको आइपीओ खरीदका लागि परेकामध्ये साढे २२ हजार बढी आवेदन रद्ध भएका छन् । प्रक्रिया नपुगेका, सञ्चयकोषका लागि निश्कासन गर्दा समेत सेयर भरेका, दोहोरिएका लगायतका कारण यति ठूलो संख्याका आवेदन रद्ध भएका हुन्।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार रसुवागढीको आइपीओमातीन लाख दुई हजार ४३ आवेदकबाट एक करोड ७१ लाख सात हजार ८४० कित्ता खरीदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १० हजार ७७१ आवेदन रद्ध भएका छन् । यसको अर्थ ९ लाख ८७ हजार ३७० कित्ताका लागि परेको आवेदन रद्ध भएको हो । यसरी हेर्दा सदर भएका आवेदनबाट कुल एक करोड ६१ लाख २० हजार ४७० कित्ताका लागि आवेदन परेको देखिएको क्यापिटलले जनाएको छ ।

रसुवागढीमा १० देखि ४० कित्तासम्मका लागि आवेदन दिने सबैले सेयर पाउने देखिएको छ । यो आयोजनामा ४० कित्ताभन्दा बढी माग गर्नेमध्ये २५ हजार ६९३ आवेदकले गोला प्रथामार्फत थप १० कित्ताका दरले शेयर पाउने छन् । रसुवागढीको आइपीओमा आवेदन दिएका लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० कित्तासम्म सेयर पाउनेछन् ।

यसैगरी, साञ्जेन जलविद्युत कम्पनीको सेयरमा समेत आवेदन दिएकामध्ये ११ हजार ७०० आवेदन रद्ध भएका छन् । रद्ध भएका आवेदनबाट माग भएको ८ लाख ७३ हजार ५१० कित्ता रद्ध भएको बताइएको छ ।
साञ्जेनको आइपीओमा कुल तीन लाख ५९७ आवेदकबाट एक करोड ३८ लाख ६९ हजार ७३० कित्ता खरीदका लागि आवेदन आएका थिए ।
यसरी, सदर भएका दुई लाख ८८ हजार ८९७ आवेदकलाई सेयर बाँडफाँड गरिनेछ । यो कम्पनीको आइपीओमा आवेदन दिएका दुई लाख नौ हजार ३ सय २८ आवेदकले थप १० कित्ताका दरले शेयर पाउने छन् । यसरी हेर्दा साञ्जेनमा आवेदन दिनेले न्यूनतम १० देखि अधिकतम २० कित्तासम्म सेयर पाउने छन् ।

२०७६ बैशाख १९ गते प्रकाशित

वि.सं.२०७६ वैशाख १९ बिहीवार १५:५९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...