back
NMB ad

काठमाडौंबाट नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात

Kumari bank ad

काठमाडौं । पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सिमित काम र गोरा छालालाई मात्र नभई नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डको प्राङ्गणमा नेपाल पर्यटन बोर्ड र समृद्धिका लागि पर्यटन संस्थासँगको संयुक्त सहकार्यमा जाट–नेपालले अक्षय तृतीया पर्वलाई पर्यटनसँग जोड्ने प्रवद्र्धनात्मक कार्यको थालनी गरेको हो ।

‘पर्वको परम्परा राष्ट्रको पर्यटन’ मुल नाराका साथ आयोजित कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाहले कृषि पर्यटन र प्रबिधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभयो । संस्कृतिलाई पर्यटनसँग जोड्दै राष्ट्रिय एकतामार्फत देशलाई समृद्धिमा लैजान यस्ता पर्वहरुको विशेष महत्व हुनेमा पूर्वमन्त्री शाहले जोड दिनुभयो । यस्तै नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य दीपक महतले देश कति सम्पन्न छ भन्ने कुरा त्यहाँको संस्कृति कति सम्पन्न छ भन्नेमा निर्भर रहने बताउनुभयो । त्यस्तै नेपालको संस्कृतिको प्रवद्र्धनमा पर्यटन बोर्डले सहकार्यका साथ कार्य गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा समृद्धिका लागि पर्यटन अभियानका कृष्णकुमार अर्यालले सिमित काम र गोरा छाला भएकाले जे भन्यो त्यहि मात्र पर्यटन भन्ने मानसिकता बदल्दै मौलिक संस्कृतिको प्रबद्र्धनमार्फत देशको समृद्धिमा लाग्नुपर्ने बताउनुभयो । त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानका निवर्तमान अध्यक्ष चन्द्र रिजालले संस्कृतिको धनी नेपालले पर्वहरुमार्फत समृद्धि हासिल गर्नसक्ने ठोकुवा गर्नुभयो । कार्यक्रममा जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले हिमालदेखि तराईलाई एकै सुत्रमा बाँध्ने अध्यक्ष तृतीयाबारे प्रकाश पार्दै यस्ता पर्वको उजागर गर्न पर्यटन पत्रकार संघले नयाँ नयाँ कार्यक्रम अगाडि सारेको बताउनुभयो । यसअघि पनि पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले लोक संगीतलाई पर्यटनसँग जोड्दै देउसी भैलो कार्यक्रम सम्पन्न गरेको थियो ।

२०७६ बैशाख २४ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २४ मंगलवार १३:०४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...