back
NMB ad

बैंकहरुको नाफा अचाक्ली बढ्यो

Kumari bank ad

काठमाडौं । बैंकहरुको नाफा अचाक्ली बढेकोे छ । २७ खर्ब माथि निक्षेप संकलन गरी साढे २४ खर्ब जति लगानी गरेका बैंकहरुले ब्याज, विदेशी मुद्रा सटहीलगायतको आम्दानीबाट नाफा कमाउन सफल भएका हुन् । २८ वटा वाणिज्य बैंकमध्ये १८ वटाले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेको छन भने अन्य बैंकले पनि धमाधम सार्वजनिक गर्ने तयारीमा छन् ।

आजसम्म सानिमा, नेपाल बैंक, ग्लोबल आइएमई, सनराइज, कुमारी, प्रभु, नेपाल एसबिआई, सिटिजन्स, सिद्धार्थ, एभरेष्ट, माछापुच्छे, एनएमबी बैंक, स्टयाण्डर्ड चार्टर्ड, नेपाल बंगालादेश बैंक, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, नबिल बैंक र मेगा बैंकले चैतमसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । चालु आवको नौ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका ती सबैं बैंकको कमाई अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा निकै बढेको छ ।

नबिल बैंकले चालु आवको चैतमसान्तसम्म ३ अर्ब १९ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ३ अर्ब ९ करोड नाफा गरेको थियो । मेगा बैंकले चालु आवको नौ महिनामा १ अर्ब २१ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ५२ करोड नाफा गरेको थियो ।
चैत मसान्तसम्म एभरेस्ट बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष एभरेस्ट बैंकले सो अवधिमा एक अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा एसबिआई बैंकले पनि एक अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा एक अर्ब ३७ करोड नाफा कमाएको थियो । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको चैतसम्म एक अर्ब ५९ करोड नाफा कमाएको छ । पोहोर उक्त अवधिमा सिद्धार्थ बैंकको नाफा एक अर्ब ३८ करोड थियो ।

सानिमा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको चैत मसान्तसम्ममा यसको नाफा एक अर्ब २० करोड रुपैयाँ थियो । नेपाल बैंकले चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब २४ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले २ अर्ब ५६ करोड नाफा गरेको थियो ।

माछापुच्छ«े बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब २४ करोड नाफा गरेको छ । गत वर्षको चैत मसान्तमा माछापुच्छ«े बैंकले ८५ करोड मात्र नाफा गरेको थियो । यसैगरी, सिटिजन्स बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ६ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा यसले एक अर्ब नाफा गरेको थियो ।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ८७ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले १ अर्ब ४१ करोड नाफा गरेको थियो । सनराई बैंकले चालु आर्थिक वर्षको चैतमसान्तसम्म १ अर्ब २२ करोड नाफा गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले ९४ करोड नाफा गरेको थियो ।

यसैगरी, कुमारी बैंकले चालु आवको नौ महिनामा १ अर्ब ३२ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले ७३ करोड मात्र नाफा गरेको थियो । प्रभु बैंकले चालु आवको चैतसमान्तसम्म १ अर्ब ४५ करोड नाफा गरेको छ । गत आवको सोही अवधिमा ९१ करोड ७० लाख नाफा गरेको थियो ।

यसैगरी एनएमबी बैंकले चालु आवको नौ महिनामा १ अर्ब ६५ करोड नाफा गरेको छ । गत आवको सोही अवधिमा उक्त बैंकले १ अर्ब ३७ करोड नाफा गरेको थियो । स्टयाण्डर्ड चार्टड बैंकले चालु आवको चैतमसान्तसम्म १ अर्ब ६७ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ५३ करोड नाफा गरेको थियो ।

नेपाल बंगालादेश बैंकले चालु आवको नौ महिनामा १ अर्ब १४ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ७३ करोड मात्र नाफा गरेको थियो । बैंक अफ काठमाण्डूले चालु आवको चैतमसान्तसम्म १ अर्ब २० करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब नाफा गरेको थियो । लक्ष्मी बैंकले चालु आवको नौ महिनामा १ अर्ब २ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ८६ करोड मात्र नाफा गरेको थियो ।

०७६ बैशाख २५ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २५ बुधवार १०:०५ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...