back
NMB ad

आरम्भ माइक्रोफाइनान्सको योजना तथा बजेट तर्जुमा गोष्ठी

Kumari bank ad

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २० जना शाखा प्रबन्धकहरुको सहभागितामा जेठ १ र २ गते दुई दिने कार्यक्रम समिक्षा योजना तथा बजेट तर्जुमा गोष्ठी तथा तालिम होटल जंगल क्राउन चितवन सौराहामा सम्पन्न गरेको संस्थाका असुली विभाग प्रमुख हरिप्रसाद सापकोटाले जानकारी गराउनुभएको थियो ।

यस तालिम तथा गोष्ठीमा २० वटै शाखा प्रबन्धकले २०७५ चैत्र मसान्त सम्मको कार्य प्रगती तथा २०७६/०७७ सम्मको कार्यक्रम योजना तथा वजेट तर्जुमाको जानाकारी गराउनु भएको थियो साथै यस संस्थाका कार्याकारी प्रमुख पवनकुमार श्रेष्ठ तथा विभागीय प्रमुखहरु युवराज पौडेल शर्मा, आश्रित शर्मा पौड्याल, विश्वराज श्रेष्ठ, रिपेन्द्र दाहाल, सुमन दुवाडी, सन्तोष थापा, हरि प्रसाद सापकोटा र कमल प्रसाद बराल ले आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।

यस तालिममा यस संस्थाले १५ जिल्लाहरुमा २० शाखा कार्यालयहरु स्थापना गरी विगत चार वर्षदेखि लघुवित्त सेवा प्रदान गर्दै गई रहेको छ । तालिममा सहभागीहरुलाई स्वागत गर्दै साथै कार्यक्रमको उद्देश्य बारेमा संस्थाको कार्यक्रम तथा योजना प्रमुख सन्तोष थापाले प्रकाश पार्नु भएको थियो । संस्थाले २०७५ चैत्र मसान्त सम्ममा करिब १५ हजार घरपरिवारहरुमा सेवा विस्तार गरेको छ ।

कार्यक्रममा २०७५ चैत्र मसान्त सम्मको समिक्षा, २०७६ असार मसान्त सम्मको प्रक्षेपण तथा आगामी बर्ष २०७६।०७७ असार मसान्त सम्मको लक्ष्यको सम्पूर्ण शाखा प्रबन्धकले जानाकारी गराउनु भयो । सो क्रमका बचत सम्बन्धमा, लगानी सम्बन्धमा लेखा सम्बन्धमा खराब कर्जा नियन्त्रण सम्बन्धमा वित्तीय साक्षरता सम्बन्धमा व्यवस्थापकिय सिप लगाएतका बिषयमा छलफल भएको थियो । साथै लघुविमा अवधारणाको महत्व तथा यस बाट ग्रामिण क्षेत्रका सदस्यहरुलाई फाइदाका बारेमा पनि छलफल भएको थियो ।

शाखा प्रबन्धकका तर्फबाट होमप्रसाद अधिकारी, शुसीला आचार्य तथा अर्जुन सिंजालीले गाष्ठीको समिक्षा तथा उपलब्धीका बारेमा चर्चा गर्नुभयो ।

२०७६ बैशाख ५ गते प्रकाशित

वि.सं.२०७६ जेठ ५ आइतवार १२:२५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...