back
NMB ad

राष्ट्रिय वाणिज्य बैंक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वाषिकोत्सबको अवसरमा २०७५ माघ १० गते घोषणा गरिएको आर्थिक वर्ष २०७४/०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले पुरस्कार वितरण गर्नुभयोे ।

कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ट कर्मचारी पुरस्कार बित्त विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक बिमल डंगोललाई नगद रु. ५० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत अन्य २८ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद रु. २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा सर्वप्रथम हुने शाखा कार्यालय सन्धिखर्क शाखालाई नगद रु ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । सन्धिखर्क शाखाका तर्फबाट शाखा प्रवन्धक गोपालप्रसाद न्यौपानेलाई हस्तान्तरण गरियो । त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १४ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद रु. १० हजार देखि रु. ३० हजारसम्म, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । त्यसैगरी उत्कृष्ठ कार्य गर्ने पांच जना शाखा प्रवन्धकहरुलाई पनि पुरस्कृत गरीयो । साथै कर्मचारीहरुलाई विषगत प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

सो कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्नुहुंदै बैंकिङ्ग क्षेत्रमा नयां नयां प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनु पर्ने विचार ब्यक्त गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंक क्लिन र स्मार्ट बैंकिङ्गको रुपमा अगाडि बढ्दै हरेक क्षेत्रमा आफुलाई सक्षम साबित गरेको विचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंक संचलक समितिका सदस्यहरु रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु केशबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, रावा बैंक कर्मचारी संघ नेपालका महासचिव लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपकार्यकारी अधिकृत टेकराज जोशीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका उप प्रवन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

२०७६ जेठ ६ गते प्रकाशित

वि.सं.२०७६ जेठ ६ सोमवार १०:२० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...