back
NMB ad

हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा

Kumari bank ad

काठमाडौं । नेपाललाई हिमालयन प्रवेशद्धारको रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसीक पर्यटकीय गन्तव्यकोरुपमा विश्व सामु स्थापित गर्ने हिमालयन ट्राभल मार्ट यही जुन ६ देखि ९ तारिखसम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने लागेको जानकारी गराउदछौं । यो मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकसित हुँदै गएको छ ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले मार्टको आयोजना गर्ने लागेको हो । मार्टको यस अघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको छ ।

क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहेको यो मार्टले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति जनाउन सहयोग पुगेको छ । हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारहरुवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको छ । हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको छ । यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रर्वद्धन तथा व्यवसायीहरुका बीच सञ्चाल विस्तार गर्न सहयोग पुगेको छ ।

हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वब्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरिएको हो । यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्पापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरु सहभागीता जनाउने भएका छन् । मार्टमा ३८ जना अन्तर्राष्टिण्य ट्रावल ब्लर्गस तथा मिडिया प्रतिनिधीहरुले समेत सहभागिता जनाउने छन् । समग्रमा नेपाल सहीत ४३ देशका करिब ७०० जनाले मार्टमा सहभागीता जनाउने छन् ।

तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने आशा गरेका छौं । भ्रमण वर्षलाई सफल बनाउन मार्टको तेस्रो दिन ८ तारिख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडियाहरुलाई नेपालका पर्यटकीय गन्तब्यबारे ब्रिफिङ गरिने कार्यक्रम रहेको छ ।

हिमालयन ट्राभल मार्ट आयोजनाका लागि सहयोग पुर्याउने सम्पूर्ण संघ संस्थाहरु, प्रायोजकहरु र विशेष रुपमा पर्यटन सम्बद्ध होटल व्यवसायी तथा वायुसेवा प्रदायक कम्पनीको निरन्तर एवम् उल्लेखनीय सहयोगप्रति पाटा नेपाल च्याप्टर आभार प्रकट गर्दछ । यस पटकको मार्टमा पनि कूल अनुमानित बजेटको करिब ७५ प्रतिशत खर्च निजी क्षेत्रको सहकार्य, प्रायोजन तथा सौजन्य स्वरुप प्राप्त भइरहेकोसमेत सहर्ष जानकारी गराउदछौँ ।

मार्टमा अफिसियल होटल तथा इभेन्ट भेन्यूको रुपमा सोल्टी क्राउन प्लाजा तथा अन्तर्राष्ट्रिय एयरलाईन्स् तर्फ कतार एयरवेज, एयरअरेबीया, डुक एयर र हिमालय एरलायन्स तथा आन्तरिक तर्फ बुद्ध र यती एयरलान्सले सहयोग गरेका छन् । यसैगरी काठमाडौं मेरियट होटल तथा होटल आकामाले मार्टमा सहभागी प्रतिनिधिहरुका लागि रात्रीभोजको प्रायोजन गरेको छ । शिखर इन्सुरेन्स (प्रमियम पार्टनर) र नेपाल इन्भेष्टमेन्ट बैंक (इभेन्ट पार्टनर), सिबेक हस्पिटलले हेल्थ पार्टनरको रुपमा निरन्तर सहयोग गदै आएका छन ।

यसवर्ष एनसेलले कम्युनिकेसन पार्टनरको रुपमा सहयोग गरेको छ । काठमाडौँ,पोखरा, चितवन र लुम्बिनीका होटलहरुले निशूल्क अधिकान्स आवास तथा भोजन उपलब्ध गराएका छन् । मार्टमा सहभागी विदेशी पाहुना तथा प्रतिनीधिहरुलाई नाराले ¥याफ्टिङमा सहयोग पु¥याएको छ, भने रेवानले उल्लेख्य कुपन उपलब्ध गराएका छन् । मार्टमा सफलरुपमा आयोजन गर्न निरन्तर रुपमा सहयोग पु¥याउनु हुने सहयोगी हात प्रति हामी आभारी छौं ।

२०७६ जेठ २१ गते प्रकाशित

वि.सं.२०७६ जेठ २१ मंगलवार १२:२१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...