विश्व वातावरण दिवशको अवसरमा वातावरण मैत्री सवारीमा ग्लोबल आइएमई बैंकको विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवशको अवसरमा विद्युतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । बैंकका का.मु. कार्यकारी प्रमुख  महेश शर्मा ढकालका अनुसार बैकले विश्व वातावरण दिवशको अवसरमा वातावरण मैत्री विद्युतीय सवारी साधनको खरिदमा वार्षिक ९।६ प्रतिशत व्याज दरमा सहुलियत कर्जा उपलब्ध गराउने बताउनुभएको छ ।

उहाँले विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने हुदाँ बैंकले यस किसिमको वातावरणमैत्री योजना ल्याएको बताउनुभयो । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त समाज र वातावरण प्रति आफनो दायित्व निर्वाह गर्ने उद्देश्यले यस्ता विभिन्न खाले योजनाहरु ल्याउने गरेको छ ।

२०७६ जेठ २२ गते प्रकाशित

२०७६ जेष्ठ २२ गते ११:११ मा प्रकाशित

You can share this post!

विद्युतको आपूर्ति सुर्धान तीन सबस्टेशन निर्माण

हिमालयन हाइड्रोको आईपिओ निष्काशनको बिक्री प्रबन्धकमा जनता क्यापिटल

Related posts