back
NMB ad

कोका–कोलाले साझेदारहरुसँग मिलेर वल्र्ड वीथआउट वेस्टका लागी काम गर्ने

Kumari bank ad

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरुसँग मिलेर वल्र्ड वीथआउट वेस्टका लागि संकल्प गरेकोे छ । वल्र्ड वीथआउट वेस्ट सन् २०३० सम्मको बिक्री गरिएको प्याकेजिङको शतप्रतिशत संकलन र रिसाइकल गर्ने कोका–कोलाको प्रतिबद्धता हो । यसलाई हासिल गर्न कम्पनीले पोर्टफोलियो विस्तार गर्दै प्याकेजिङको शतप्रतिशत रिसाइकल गर्न यसको डिजाइनमा केन्द्रित गरेको छ । साथै स्थानीय समुदाय, गैर–सरकारी संस्थाहरु, उद्योग तथा उपभोक्ताहको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गर्न त्यसलाई सम्बन्धित ठाँउमा पु¥याउन लागि परेको छ । यस कार्यका लागि डिजाइन, संकलन तथा पार्टनरको तीन स्तम्भ रहेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कोक नेपालले आफ्ना सम्पूर्ण साझेदारी संस्थाहरु संयूक्तरुपमा रिसाइकिलिगंका लक्ष्य हासिल गर्न प्रयत्न गरिरहेको कुरामा जोड दिएको छ । कोका–कोलाका साउथ वेस्ट एशियाको अप्रेसनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भन्नुभयो, “विश्व वातावरण दिवस मनाउने एउटा उत्तम तरिका भनेको वातावरणमा हाम्रो व्यक्तिगत फुटप्रिन्टहरु स्वयम मूल्याङकन गरेर हामीले त्यस्ता समस्याहरु भन्दा पनि समाधानका लागि व्यक्तिगत रुपमा के गर्न सक्छौँ भन्ने कुरा पहिचान गर्ने हो । यहि कुरा हाम्रो संस्था, समुदाय तथा विश्वमै लागु हुन्छ । कोका–कोलामा हामी यसको समाधानका पक्षमा छौँ । वल्र्ड वीथआउट वेस्ट लक्ष्य अन्तर्गत हामी फोहोरका समस्याहरुलाई कम गर्न विभिन्न पहलहरु गर्दै आएका छौँ । हामीहरुले साझेदार पार्टनरहरुसँग मिलेर आत्मनिर्भर उद्यम तथा डिसेन्ट्रलाइज फोहोर व्यवस्थापनको प्रोत्साहन गर्दछौँ र पीईटी रिकभरीका लागि नयाँ पूर्वधार निर्माण गरिरहेका छौँ । हामी निरन्तर वातावरण प्रदर्शनमा सुधार गर्दै नविनतम समाधान ल्याउनका साथै समुदाय र त्यहाँका स्थानीय वातावरणमा पर्ने प्रभावलाई कम गर्न प्रयास गर्नेछौँ ।”

कोका–कोला नेपालले तथा बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडले हालै नेपाली सेना, केन्द्रिय, प्रादेशिक र स्थानिय सरकार तथा नेपाल पर्वतारोहण संघ र एसपीसिसिसँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठुलो अभियानको सुरुवात गरेको थियो । “क्लिनआवर प्राइड“ भन्ने नाराका साथ शुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाई राख्ने लक्ष्य लिएको हो ।

सगरमाथा सरसफाई अभियान २०१९ को बारेमा बोल्दै डन्डुराज घिमिरे–डिरेक्टर जनरल (पर्यटन विभाग) ले भन्नुभयो, “हामी नेपाली सेना, एसपीसीसी, कोका–कोला नेपाल र बोटलर्स नेपाल प्रति सगरमाथा सरसफाई अभियानमा सहयोग गर्नु भएकोमा आभार प्रकट गर्न चाहान्छौँ । यो विश्वकै सबैभन्दा अग्लो हिमालको फोहोर उठाउने सबैभन्दा ठुलो अभियानको सुरुवात थियो । म एकदमै खुसी भएको छु कि यस अभियानले हामीले सोचेभन्दा ठुलो सफलता पाएको छ । आगामी दिनहरुमा पनि कोका–कोला नेपाल र अन्य निजि क्षेत्रहरुबाट यस्तै उत्साहपूर्ण सहकार्यको अपेक्षा गरेको छु ।”

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो, “हामी आफ्नो गौरवको शिखर सगरमाथालाई सरसफाई गर्ने सबैभन्दा ठुलो पहलमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी छौँ र, हामी नेपाली सेना, एसपीसीसी, नेपाल पर्वतारोहण संगठन तथा नेपाल सरकारलाई आभार प्रकट गर्न चाहान्छौँ । कोका–कोलामा हामी विश्वलाई नै फोहोर रहित बनाउन सम्भव सबै प्रयासहरु गर्न प्रतिबद्ध छौँ र यो निजी र सरकारी क्षेत्रको संयूक्त प्रयासमा मात्र सम्भव छ । यस पहलको माध्यमबाट हामीले सगरमाथाको फोहोरलाई सफा गरेर यसलाई सुरक्षित राख्न सक्नेछौँ ।”
साथै कोका–कोला नेपालले दुईवटा पीईटी रिसाइकिलिगं प्रोजेक्ट–नगरमित्र तथा रिसाइक्लर साथीसँग सहकार्य गरेको घोषणा गरेको छ । पीईटी रिसाइकिलिगं पहलको रुपमा, कोका–कोला, जीआईजे, जीएमबीएच–जर्मनी, गणेशा इकोस्फ्यर लिमिटेड–इन्डिया, एचसीआई–नेपालले काठमाडौंलाई हरित बनाएर कानुनी, जिम्मेवार तथा वातावरण मैत्री पीईटी रि–कलेक्सन प्रणाली स्थापना गर्न साझेदारी गरेको छ ।
यस प्रोजेक्टले जिम्मेवार सप्लाई चेन विस्तार गर्न, महिलाहरुका लागि ग्रिन रोजगारी सृजना गर्न, अफसाईट काम गर्न कामदारहरुलाई एकमुष्ट समायोजन गरेर उद्यमको व्यवस्था गर्न प्रयासरत छ । यस प्रोजेक्टमा अफ–साइट कामदारहरुको आय २७ प्रतिशतले वृद्धि भएको छ भने कामदारको संख्यामा ५०० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, नयाँ पीईटी रिसाइकिलिगं परियोजनाका लागि क्रियशनसँग कार्यन्वयन पार्टनरको रुपमा साझेदारी भएको छ । क्रियशनका सीईओ आनन्द मिश्रा, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डेले एमओयूमा हस्ताक्षर गरेका छन् । पहिलो चरण अन्तर्गत सन् २०१८ को चौथो त्रैमासिकसम्म कोका–कोला फाउण्डेसन र बोटलर्स नेपाल तराई लिमिटेडले भरतपुर तथा चितवनको निर्माण संयन्त्र नजिकै नयाँ पीईटी केन्द्र स्थापना गरेको छ ।

क्रियशनको साझेदारीमा, यस परियोजनाले स्थानीय नगरपालिका, व्यवसायिक प्रतिष्ठान, नागरिक तथा फोहोर संकलनसँग सहकार्य गरेर नेपालमा पीटीई वेस्ट रिसाइकलका लागि समाधान खोज्न स्टेकहोल्डरलाई अनुकरण गर्ने लक्ष्य बनाएको छ  क्रियशनका सीईओ आनन्द मिश्राले भन्नुभयो, “रिसाइक्लर साथी पीईटी बोतलहरुका लागि नेपाल भित्रका व्यावहारिक समाधान प्रदान गर्दै वातावरण स्वच्छ राख्न आजको पिडीसँग साथी बन्ने एउटा त्यस्तो पहल हो । हामी कोका–कोला नेपालसँग साझेदारी गरेर उनीहरुको वल्ड वीथआउट वेस्टलाई सार्थक बनाउने लक्ष्यमा सहयोग गर्न पाउँदा अत्यन्त खुसी छौँ । हामी यसलाई मोडल प्रोजेक्ट बनाएर नेपालभर छिटै विस्तार गर्न प्रयासरत छौँ ।”
बोटलर्स नेपालका प्रबन्धक निर्देशक प्रदीप पाण्डेले सस्टेनेब्लीटीका लागि आफुहरुको प्रयासका बारेमा भन्नुभयो, “बोटलर्स नेपाल लिमिटेड वातावरण पदचिन्हलाई कम गर्दै, सुरक्षित कार्यस्थल कायम गर्न र समुदायको आर्थिक विकासमा टेवा पु¥याउन लागि परेको छ । म नेपाल सरकार र हाम्रा सम्पूर्ण सस्टेनेब्लीटी पार्टनरहरुलाई आभार प्रकट गर्न चाहान्छु, जसको सहयोग बिना हाम्रो प्रयास सम्भव छैन ।”

कोका–कोला नेपालले एचसीआई र डब्लुडब्लुएफको सहकार्यमा सरकारको चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक मुक्त संरक्षण क्षेत्र घोषण गर्न सहयोग गरेको छ ।   वल्र्ड वीथआउट वेस्ट, कम्पनीको निरन्तर स्थीरता प्रयासको अर्को चरण हो जसले पेय पदार्थमा प्रयोग भएको पानीको शतप्रतिशत नै पुनःपुर्ति गर्न सफल भएको छ । कम्पनीले आशा गरेको भन्दा ५ वर्ष अगावै सन् २०१५ मा पानि पुनः पुर्ति गर्ने विश्वव्यापी लक्ष्य हासिल गरेको हो । यी सबै कम्पनीको सबैभन्दा ठुलो पेय पदार्थ बन्ने रणनीतिको सही मार्ग हो ।

२०७६ जेठ २४ गते प्रकाशित

वि.सं.२०७६ जेठ २३ बिहीवार ११:०९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...