back
NMB ad

अन्तराष्ट्रिय माउण्टेन हबका लागि उपयुक्त स्थानको खोजी गर्दै योजना आयोगका पदाधिकारी रुविभ्यालीमा (फोटो फिचर)

Kumari bank ad

काठमाडौं । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ ।


हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो ।


पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ती उत्पादन देखि अन्तराष्ट्रिय विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने माउण्टेन हब निर्माण गर्दा अन्तराष्ट्रिय स्तरमा विशिष्ट पहिचान हुने विश्वासका साथ उपयुक्त स्थानको छनोट गर्न लागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बताउनुभयो ।


सरकारले चाहेजस्तो पर्याप्त पूर्वाधार निर्माण गर्न उपयुक्त स्थान काठमाडौंबाट सबैभन्दा नजिकको दुरीमा रहेको रुविभ्याली स्थित गणेश हिमाल श्रृङ्खला अन्तर्गत पाल्दोर हिमालको आधार शिविर र पाङसाङ पासमा रहेको धादिङ क्षेत्र नं. २ का सांसद खेमप्रसाद लोहनीले बताउनुभयो ।


पाल्दोर आधार शिविर र पाङसाङ पासमा हालै नेपाल पर्वतारोहण संघको संयोजनमा राष्ट्रिय योजना आयोगको उच्च पदाधिकारीद्वारा स्थलगत अवलोकन गरिसकिएको छ । यही जेठ १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल नेतृत्वको टोलीले रुविभ्यालीको पाङसाङ पास र पाल्दोर आधार शिविर पुगेर स्थलगत निरिक्षण गरेको हो । अध्ययन भ्रमणमा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयाल, धादिङ क्षेत्र नं. २ का सांसद खेम प्रसाद लोहनी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ लगायतको सहभागिता थियो ।


पर्यटन मार्फत नै आर्थिक समृद्धि र विश्व समुदायको ध्यान खिच्न सक्ने उपयुक्त परियोजनाको खोजी गर्दा राजधानीबाट सबैभन्दा नजिक र छिटो सम्पन्न गर्न सकिने सो स्थान छनोटमा पर्न सक्ने देखिएको छ ।


भ्रमणबाट फर्किएपछि उपाध्यक्ष कँडेलले पर्यटन मार्फत समृद्धि हासिल गर्न यस्ता परियोजनाको खोज अनुसन्धान हुन आवश्यक रहेको बताउनुभयो । उपाध्यक्ष कँडेलले भन्नुभयो “प्रारम्भिक चरणको अध्ययनमा पाल्दोर आधार शिविर राजधानीबाट नजिक रहेको र उपयुक्त लोकेशनमा रहेकोले अगाडी बढाउन उपयुक्त देखिएको छ ।” राष्ट्रिय आवश्यकताको आधारमा यस्ता परियोजना छनोट हुने भएकाले यसै वर्ष विस्तृत अध्ययन गरिने उहाँले जानकारी दिनुभयो ।


पाङसाङबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनाशलु, गणेश, लाङटाङ, गौरीशंकर लगायतका श्रृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट धादिङबेसी हुँदै दुई दिनमा पुग्न सकिने सो स्थानमा रसुवाको स्याफ्रुबेसीहुँदै एकै दिनमा मोटर चढेर पुग्न सकिन्छ । हेलिकप्टर मार्फत १८ मिनेटमै पुगिने सो स्थान स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्न सक्छ ।


स्थलगत निरिक्षण गरेर फर्कनुभएका राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयालले राष्ट्रिय महत्व बोकेको राम्रा परियोजनाको खोजी गर्ने क्रममा पाल्दोर पिक पनि एउटा संभावनाले युक्त देखिएको बताउनुभयो ।


नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएशन नेपालले यस अघि पाल्दोर पिकमा माउण्टेन हट निर्माण गर्न विभिन्न दातृ निकायसंग सहकार्य गरेर प्रारम्भिक अध्ययन गरेका थिए । सोही अध्ययनका आधारमा सांसद लोहनी र नेपाल पर्वतारोहण संघको मागका आधारमा सरकाले बजेट समेत विनियोजन गरेको छ ।


सरकारले माउण्टेन हब बनाउने उद्देश्यका साथ बजेट विनियोजन गरेरै अध्ययन गर्न थालेपछि पर्वतीय पर्यटन व्यवसायीहरु खुशी भएका छन् । नेपाल पर्वतारोहण संघका पूर्व महासचिव ठाकुरराज पाण्डे पाल्दोरमा माउण्टेन हब निर्माण हुँदा सिंगो मुलुकले फाइदा पाउने हुँदा पर्यटन क्षेत्र हर्षित भएको बताउनुहुन्छ ।


नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ पर्वतीय पर्यटनलाई राष्ट्रले अपनत्व लिएर परियोजना अगाडी बढाएकोमा खुशी व्यक्त गर्दै सहकार्यका निम्ति पर्वतारोहण संघ संधै तत्पर रहने बताउँछन् ।


सरकारले हिमाली क्षेत्रलाई विशेष महत्व दिँदै विभिन्न आयोजनालाई बजेट मार्फत सम्बोधन गरेको छ । नेपाल सरकारको यही आर्थिक वर्षमा हिमाली क्षेत्रमा पूर्व–पश्चिम हरित पदमार्ग, हिमाली क्षेत्रमा पुग्न केवलकार र विभिन्न सर्किटहरुमा पदमार्ग निर्माण गर्न बजेट व्यवस्था गरेको छ । रुविभ्यालीको लागि पनि विस्तृत परियोजना प्रस्ताव तयार गर्न र पाल्दोर आधार शिविरसम्म पुग्न पदमार्ग निर्माणका लागि एक करोड १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

२०७६ जेठ ३१ गते प्रकाशित

 

वि.सं.२०७६ जेठ ३१ शुक्रवार ११:०५ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...