back
NMB ad

बजारमा २ लाख बढि कित्ता शेयर लिलामीमा

Kumari bank ad

काठमाडौं ।एशियन लाईफ इन्स्योरेन्सको दुई लाख २१ हजार ३५९ दशमलव ७३ कित्ता शेयरको लिलामीमा असार १ गतेदेखि बोलपत्र आवेदन खुला भएको छ ।

इन्स्योरेन्सले जारी गरेको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रदमा दुई लाख १८ हजार ९३९ दशमलव ०३ कित्ता सर्वसाधारण र दुई हजार ४२० दशमलव ७० कित्ता संस्थापक समूहको शेयर अवितरित भएपछि कम्पनीले आइतबारदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो।

इच्छुक लगानीकर्ताले असार ८ गते आइतबारभित्र एनआईबिएल एस क्यापिटलको कार्यालयहरु, इन्भेष्टमेन्ट बैंकको तोकिएका शाखा कार्यालय तथा ग्रीन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय बाग्लुङ्गबाट बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र पेश गर्दा संस्थापक शेयरका लागि न्यूनतम एक हजार र सर्वसाधारण शेयरका लागि एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ।

धितोपत्रको दोस्रो बजारमा कम्पनीको सर्वसाधारण शेयर जेठ ३० गते बिहीबार प्रतिकित्ता ३९५ रुपैयाँमा कारोबार भएको छ। कम्पनीको संस्थापक शेयर पछिल्लो पटक २६२ रुपैयाँमा कारोबार भएको छ ।

कम्पनीले २०७५ फागुन २१ गतेसम्म कायम शेयरधनीलाई लागि २०७५ चैत २६ देखि २०७६ बैशाख २९ गतेसम्म दश बराबर ६ कित्ता अनुपातमा कूल ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गरेको थियो।

इन्स्योरेन्स कम्पनीको हकप्रदमा रितिपूर्वक आवेदन दिने १४ हजार ७८३ शेयरधनीलाई ७३ लाख १८ हजार ९९३ कित्ता शेयर जेठ २१ गते एशियन लाईफ इन्स्योरेन्सको सञ्चालक समितिले जेठ २१ गते बाँडफाँड गरेको हो।

हकभन्दा बढी माग गरि दरखास्त दिने शेयरधनीलाई बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको भुक्तानी जेठ २७ गते मंगलबारदेखि हकप्रद आवेदन बुझाएको स्थानबाट गर्न थालिसकेको इन्स्योन्सको शेयर बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ । हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । चालु आवको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले पाँच करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

२०७६ असार १ गते प्रकाशित

वि.सं.२०७६ असार १ आइतवार १४:२६ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...