back
NMB ad

द भ्वाइस अफ नेपाल सिजन–२ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध

Kumari bank ad

काठमाडौँ । विश्वको नम्बर एक गायन रियालिटी सोको नेपाल संस्करण ‘द भ्वाइस अफ नेपाल सिजन–२’ लाई युनाइटेड सिमेन्ट्सले साथ दिएको छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको द भ्वाइस अफ नेपाल सिजन–२ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको छ । नेपालकै इतिहासमा यूनाइटेड सिमेन्ट्स नै प्रथम स्वदेशी ब्राण्ड हो जसले यति ठूलो तथा विश्व चर्चित गायन रियालिटी शोमा टाइटल स्पोन्सरको भुमिका निर्वाह गरेको छ ।

‘बिश्वको नम्बर एक गायन रियालिटी सो भ्वाइसको टाइटल स्पोन्सरका रुपमा युनाइटेड सिमेन्ट्सजस्तो अग्रणी ब्राण्डलाई अनुबन्ध गर्न पाउँदा निकै हर्ष लागेको छ’ कार्यकारी निर्देशक कडेलले भन्नुभयो–‘नेपाली संगीतको प्रर्बद्धनमा युनाइटेड सिमेन्ट्सको सहकार्य प्रसारण क्षेत्रमा निकै अर्थपूर्ण हुनेछ ।’

योसँगै भ्वाइस अफ नेपाल सिजन २ मा दुई जना कोच फेरिएका छन् । सिजन २ मा चर्चित गायक राजु लामा (मंगोलियन हर्ट) र लोकप्रिय गायिका आस्था राउत कोचका रुपमा भित्रिएका छन् । उहाँहरु सँगै दीप श्रेष्ठ र प्रमोद खरेल सहित ४ जना कोच यो सिजनका लागि अनुबन्ध भएका छन् ।

झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा बिभिन्न छनौट चरण पार गरी एक सय भन्दा बढि प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । भ्वाइस अफ नेपाल सिजन २ को प्रसारण साउन पहिलो साताबाट हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्राइम टाइममा प्रसारण हुने छ ।

२०७६ असार ४ गते प्रकाशित

वि.सं.२०७६ असार ४ बुधवार ११:२८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...