back
NMB ad

धादिङमा बोलेरो दुर्घटनामा परि ५ को ज्यान गयो , १० जना घाइते

Kumari bank ad

काठमाडौं । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप माथिल्लो सडकबाट पल्टेर तल्लो सडक सम्म आईपुगेको थियो ।

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीय समिक्षा अधिकारीको उपचारका लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिएका छन् ।
दुर्घटनामा परि १० जना घाईते भएका छन् । निजहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

२०७६ असार ६ गते प्रकाशित

वि.सं.२०७६ असार ६ शुक्रवार १४:१० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...