back
NMB ad

सेयर बजारमा सुधारको संकेत, १३७ अर्बले बढ्यो लगानीकर्ताको पुँजी

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले भित्र्याएको बहुप्रतिक्षित अनलाइन कारोबार प्रणालीले बजारमा निकै सुधार हुने विश्वासमा रहेका लगानीकर्ताहरु अनलाइन कारोबार शुरु भएपछि पनि खुसी हुन सकेका छैनन् । अनलाइन कारोबार शुरु भएकै भोलिपल्टदेखि समेत बजार ओरालो लाग्न शुरु गरेको थियो ।

यद्यपि, पछिल्लो समय भने सेयर बजार सकारात्मक दिशामा अघि बढेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सेयर बजारका लगानीकर्ताका लागि केही राम्रा व्यवस्थाहरु भए । बजेटपछि पनि बजार अपेक्षाकृत सुधार त हुन सकेको छैन, तर चालु आर्थिक वर्षको सुरुवातदेखि हालसम्मको तुलना गर्ने हो भने सकारात्मक देखिएको छ ।

अहिले लगानीकर्ताहरुले कति कमाए वा गुमाए ? सेयर बजारको अवस्था के छ ?  यही विषयमा चालु आर्थिक वर्ष (साउन प्रारम्भदेखि) ५ असार २०७६ सम्मको तथ्यांकका बारेमा यहाँ चर्चा गर्न खोज्दैछौं ।

नेप्से परिसूचकको अवस्था के छ  ?

नेप्से परिसूचक यति अंकले गिरावट आयो, सुधि्रयन सेयर बजार, राताम्मे सेयर, लगायतका थुप्रै समाचारहरु केही वर्षदेखि निरन्तर प्रकाशन भइरहेका छन् । किनकी एक दिन बढे दुई दिन बजार घट्ने गरेको थियो ।

तर पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको पहिलो दिनदेखि हालसम्म -असार ५ गतेसम्म) बजार सुधारको दिशामा दखिन्छ । किनभने सेयर कारोबार मापक नेप्से परिसूचक करिब ५२ अंकले बढेको छ ।

साताको अन्तिम कारोबार असार ५ गते बिहीबार करिब ६ अंकले सुधार आएको थियो । चालु आर्थिक वर्षको असार मसान्तसम्म सेयर बजार ५१.९६ अंकले सुधार भएको छ । २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा रहेको नेप्से परिसूचक ५१.९६ अंकले बढेर २०७६ असार ५ सम्म आइपुग्दा १२६४.३६ अंकमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ बैशाख मसान्तमा २०९ रहेको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, २८ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् ।

बढ्यो लगानीकर्ताको पुँजी

नेप्से परिसूचकमात्रै होइन यस अवधिमा सेयर बजारका लगानीकर्ताहरुको पुँजीसमेत बढेको छ । ११ महिनाभन्दा ५ दिन बढीको अवधिमा सेयर बजारको बजार पुँजीकरण १ खर्ब ३७ अर्ब ८९ करोड रुपैयाँ बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते सेयर बजारको बजार पुँजीकरण १४ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ थियो । वर्षको असार ५ गतेसम्म आइपुग्दा बजार पुँजीकरण १ खर्ब ३७ अर्ब ८९ करोड रुपैयाँले बढेर १५ खर्ब ७३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७५/७६ को कुल गाह्रस्थ उत्पादनसँगको अनुपात करिब ४७ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात ५१.८ प्रतिशत थियो ।

स्टक एक्सचेन्जमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७६ जेठ मसान्तमा ४१६ अर्ब रुपैयाँ बढी पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को दश महिनामा २४ अर्ब ७५ करोड बराबरको साधारण शेयर ९ अर्ब २२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, २० अर्ब २४ करोड बराबरको बोनस शेयर र ७५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल ५४ अर्ब ९६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका थिए ।

यस्तो थियो गत आर्थिक वर्ष

गत आर्थिक वर्ष सेयर बजारका लागि त्यति फलदायी बन्न सकेको थिएन । नेप्से परिसूचक वार्षिक विन्दुगत आधारमा २३.४ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा सीमित भएको थियो । २०७४ असार मसान्तमा उक्त सूचकांक ७.९ प्रतिशतले ह्रास भई १५८२.७ विन्दु कायम भएको थियो ।

यसैगरी सेयर बजारको बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा २२.७ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा १४ खर्ब ३५ अर्ब १४ करोड कायम भएको थियो । बजार पुँजीकरण २०७४ असार मसान्तमा १.८ प्रतिशतले ह्रास भएको थियो ।

२०७५ असारमा कुल शेयर कारोबार रकम २०७४ असारको तुलनामा ४६.२ प्रतिशतले ह्रास भई ६ अर्ब ६३ करोड कायम भएको थियो भने यस्तो कारोबार रकम २०७४ असारमा ६१ प्रतिशतले ह्रास भइ १२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो

२०७६ असार ६ गते प्रकाशित

साभारः अनलाइन खबर

वि.सं.२०७६ असार ६ शुक्रवार १६:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...