काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण सभा स्थगित भएको छ । साधारण सभाका लागि आवश्यक गणपूरक संख्या नपुगेपछि सभा स्थगित गर्नुपरेको हो । पहिलोपटक साधारण सभा गर्न कुल सेयर संख्याको ५१ प्रतिशत उपस्थित हुनुपर्छ ।
अब कम्पनीले नयाँ मिति तोकेर साधारण सभा बोलाउनुपर्ने हुन्छ । एक सातापछि अर्को साधारण सभा आह्वान गरिने सूचना प्रकाशन गरिने बताइएको छ ।
२०७६ असार ११ गते प्रकाशित
वि.सं.२०७६ असार ११ बुधवार १२:२१ मा प्रकाशित