काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारु (आस्था) ले गर्नुभयो ।
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।ठाकुरद्वारा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८५ पुगेकोे पनि बैंकले जनाएको छ ।
२०७६ असार १३ गते प्रकाशित
वि.सं.२०७६ असार १३ शुक्रवार १५:३० मा प्रकाशित